रुपन्देहीमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु

५ मंसिर २०७५, बुधबार १७:१९
 

सदरलाइनडटकम,
बुटवल : रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना सोरौलीबाट बुटवलतर्फ आउँदै गरेको बा १६ च ८०१६ नम्बरको कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । मृत्यु हुने अर्का व्यक्तिको पहिचान हुन सकेको छैन् । सडकबाट तल खसेको छ ।

Next Post

बाँकेमा यसरी मनाईयो महोम्मद डे (फोटो फीचरसहित )

५ मंसिर २०७५, बुधबार १७:१९
सदरलाइनडटकम, नेपालगञ्ज  : आफ्नो पर्वलाई राज्यले सम्बोधन नगरेको भन्दै बाँकेका मुस्लिम समुदायले रोश प्रकट गरेका छन् । बाँकेका मुस्लिम समुदायले राष्ट्रिय विदाको माग गर्दै महोम्मद डे मनाएका हुन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४४० औं जन्म जयन्ती अर्थात् मोहम्मद डे बुधबार मनाइएको हो । संविधान […]