इस्लाम धर्मावलम्बीहरुले मोहम्मद डे मनाउँदै

५ मंसिर २०७५, बुधबार १४:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जलगायत आसपास क्षेत्रका इस्लाम धर्मावलम्बीले बुधवार मोहम्मद डे मनाई रहेका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४४० औं जन्म जयन्ती अर्थात् मोहम्मद डे आज धुमधामका साथ मनाइ रहेका हुन् ।
मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । नेपालगञ्जमा रहेका इस्लाम धर्मावलम्बीहरुले हजरत मोहम्मदको जन्म दिनका अवसरमा बुधवार नगरसहित आसपासका गाउँपालिकामा र्याली निकालेका छन् ।

Next Post

शान्ति सम्झौताको बाह्र वर्ष पूरा, समस्या उस्तै

५ मंसिर २०७५, बुधबार १४:५२
सदरलाइनडटकम, काठमाण्डौ : सशस्त्र विद्रोहको अवतरण गराउने ऐतिहासिक शान्ति सम्झौताको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रीय सम्मेलन केन्द्रमा राज्य र विद्रोहीपक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । विस्तृत शान्ति सम्झौता भएको दिनको अवसर पारेर बुधवार विभिन्न कार्यक्रम गरिएको छ । १० वर्षे सशस्त्र विद्रोह गरेको […]

सम्बन्धित