टेलिकमले नरैनापुरमा क्षमता बृद्धि गर्दे

३ मंसिर २०७५, सोमबार १८:१२
 

सदरलाइनडटकम
नरैनापुर (बाँके) : बाँके निर्वाचन क्षेत्र नं. १ (क) अन्तरगत पर्ने नरैनापुर क्षेत्रमा नेपाल टेलिकमले आफ्नो सेवाको स्तारोन्नतीको लागि पहल सुरु गरेको छ ।
सो क्षेत्रबाट प्रदेस सभामा निर्वाचित सांसद कृष्णा केसी नमूनाले वर्षात लागेपछि करिव छ महिना सदरमुकाम नेपालगन्जसंग सडक सम्पर्क नै विच्छेद हुने र हिउँद लागेपछि सञ्चार सम्पर्कको मोवाईल र सिडिएमए प्रविधिका फोन सेवा नै अवरुद्ध हुने गरेकोले स्तरोन्नतीको लागि पहल सुरु गरिएको जानकारी दिईन ।
‘वर्षातको बेलामा सडक सञ्जालका कारण नेपालगन्जसंग सम्पर्क नहुनु हिउँद लागेपछि सञ्चार सम्पर्क पनि विच्छेद हुने जन गुनासो बढेको कारण मोवाइल सेवालाई चौविसै घण्टा सुचारु राख्नको लागि अध्ययन सुरु भएको छ । समस्याको समाधान केही दिन भित्रै हुनेछ’–उनले भनिन् ।
हिउँद लागेपछि सँझ ६ बजेदेखि भोलीपल्ट विहान १० बजेसम्म सो क्षेत्रका सबै नेपाल टेलिकम, एनसेल, हेल्लो लगायतका सञ्चार प्रादायक संस्थाको नेटवर्कका मोबाईल तथा ईन्टरनेट सेवा अवरुद्ध हुने गरेकोले टेलिकमले सो क्षेत्रमा प्राविधिक सहितको टोलीले आईतबारदेखि अध्ययन सुरु गरेको छ ।
टेलिकमका प्राविधिकसहित नरैनापुर क्षेत्रमा पुगेकी प्रदेश सांसद नमूना र नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहसहितको टोलीले आईतबार नरैनापुर, मटेहिया र लक्ष्मणपुरमा रहेको टेलिकमको टावर तथा पावर व्याकपको अवस्थाको अध्ययन गरेको छ ।
नरैनापुर गाउपालिकाका अध्यक्ष शाहले ईन्टरनेट सेवाको अभावमा गाउपालिकाको काम कारवाही प्रभावित भएको गुनासो गर्दै भने–‘ गाउपालिकाका सबै काम अनलाईन माध्यामबाट गर भनिन्छ तर, हामीकहाँ बिद्युत र ईन्टरनेट सेवा छैन अनि कनि कुथेर मोवाईल फोन पनि दिनमा केही घण्टा मात्रै सञ्चालन हुन्छ ।’
उनले विद्युत तत्काल पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर हाललाई सोलारको क्षमता बृद्धि गरेर हुन्छ वा, जेनेरेटरको व्यवस्था गरेर हुन्छ २४ घण्टा फोन सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गर्दै त्यसका लागि गाउपालिकाले पनि सहकार्य गर्न तयार रहेको बताए । उनले जेनेरेटर उपलब्ध गराए गाउपालिकाले डिजल फ्यूलको व्यवस्था गर्न तयार रहेको जानकारी गराए ।
यसैबीच नेपाल टेलिकम क्षेत्रीय उप–प्रबन्धक शिव राज खनालले नरैनापुर क्षेत्रमा विद्याुतको पहुँच नभएको कारणले हिउँद लागेपछि पावर व्याकपमा केही समस्या भएको गुनासो आएकोले प्राविधिक टोलिले त्यसको अध्ययन गर्न फिल्ड मै आईपुगेको बताए ।
उनले भने–‘टेलिकमले सेवामा गुणस्तरियता बढाउनको लागि हर क्षेत्रमा पहल भएको छ । नरैनापुर क्षेत्रमा पनि हुन्छ नै तर, यहाँ विद्याुत सेवा नभएको कारणले सोलार र जेनेरेटरको प्रयोग आवश्यक छ साथ साथै ती सामानको सुरक्षाको पनि ।’ उनले नरैनापुरमा ३ थ्री जि सेवा सञ्चालन गरेको र पावर व्याकप राम्रो भए ईन्टरनेटको पनि गुणस्तरिय सेवा दिन सकिने स्पष्ट पारे ।

Next Post

विभिन्न कार्यक्रमक साथ मनाईयो शौचालय दिवस

३ मंसिर २०७५, सोमबार १८:१२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके तथा बर्दियामा बिभिन्न कार्यक्रम गरी बिश्व शौचालय दिवस २०१८ भब्यताका साथ मनाइएको छ । हरेक वर्ष नोभेम्बर १९ तारीखका दिन मनाइने दिवस “चर्पी हाम्रो प्राकृतिक आवश्यक्ता” भन्ने नाराका साथ मनाइएको हो । दिवसका अवसरमा बाँकेमा अन्तरक्रिया, ¥याली, सरसफाई कार्यक्रम तथा बर्दिया अन्तरक्रिया तथा सरसफार्य कार्यक्रम गरिएको छ […]

सम्बन्धित