शहीद स्मारक ए डिभिजन लिगमा संकटाको दोश्रो जीत

३ मंसिर २०७५, सोमबार १६:३३
 

सदरलाइनडटकम,
काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले लगातार दोस्रो जित हात पारेको छ । सोमवार भएको खेलमा संकटाले जाउलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको हो । दुवै गोल सेड्रिक अवालेले गरेका हुन् । जीतपछि संकटा लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर खेलको १८ औं मिनेटमा संकटा १० खेलाडीमा झरेको थियो । म्याक्सवेल इलियनले अदामा डम्बियालाई फल गरेका कारण रेफ्री कविन ब्यञ्जनकारले रातो कार्ड देखाएका थिए । त्यसअघि उनले एउटा पहेँलो कार्ड पाइसकेका थिए ।
१० खेलाडीमा झरे पनि संकटाले आफ्ना पकड जाउलाखेलमाथि कायमै राख्यो । फलस्वरूप उसले ५७ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि सेड्रिक अवाले गोल गर्न सफल भए ।
त्यसपछि ८५ औं मिनेटमा पुनः सेड्रिकले उत्कृष्ट फ्रिकिक मार्फत संकटाको अन्तर दुई शुन्यमा पुर्याए । बाँकी समयमा जाउलाखेल खेलमा फर्कन सकेन र लगातार दोस्रो हार ब्यहोर्याे । संकटाले भने दुई खेलबाट ६ अंक जोड्न सफल भएको छ ।

Next Post

टेलिकमले नरैनापुरमा क्षमता बृद्धि गर्दे

३ मंसिर २०७५, सोमबार १६:३३
सदरलाइनडटकम नरैनापुर (बाँके) : बाँके निर्वाचन क्षेत्र नं. १ (क) अन्तरगत पर्ने नरैनापुर क्षेत्रमा नेपाल टेलिकमले आफ्नो सेवाको स्तारोन्नतीको लागि पहल सुरु गरेको छ । सो क्षेत्रबाट प्रदेस सभामा निर्वाचित सांसद कृष्णा केसी नमूनाले वर्षात लागेपछि करिव छ महिना सदरमुकाम नेपालगन्जसंग सडक सम्पर्क नै विच्छेद हुने र हिउँद लागेपछि सञ्चार […]