बसको ठक्करबाट बर्दियामा बालिकाको मृत्यु

३ मंसिर २०७५, सोमबार १५:४६
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियाको भुरिगाउँ नजिक सोमवार बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि राजमार्गमा यातायात ठप्प भएको छ । कालिकोटबाट कैलालीको टिकापुरतर्फ गइरहेको ना ४ ख ५३७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवाकी १४ वर्षीया बालिका निर्मला चौधरीको घटनास्थलमै ज्यान गएको हो ।
ज्यान गुमाएकी बालिका भुरिगाउँको भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । ठक्कर दिने बसको समितिले चासो दिएको छैन । समितिका प्रतिनिधि नआउन्जेलसम्म शव उठाउन नदिने र राजमार्गमा गाडी चल्न नदिने पीडितका आफन्तले जनाएका छन् । बालिकालाई ठक्कर दिने बसको समिति सुदूरपश्चिम यातायात समितिको प्रतिनिधि नआएको भन्दै स्थानीयवासीले बिहान ७ बजेदेखि नै घटनास्थलबाट शव उठाउन दिएका छैनन् ।
मृतक बालिकाका आफन्त र स्थानीयवासीले उचित राहत र चालकलाई कडा कानुनी कार्वाहीको माग गर्दै शव उठाउन र गाडी चल्न दिएका छैनन । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

घोराहीमा एक वर्षभित्रै फोहोरबाट ग्यास उत्पादन गरिने

३ मंसिर २०७५, सोमबार १५:४६
सदरलाइनडटकम, दाङ : दाङको घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षभित्रै ग्यास उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रबर्धन केन्द्र ललितपुर र नेपाल उर्जा विकास […]