धारिलो हतियार प्रहार गरी बाँकेमा एक जनाको हत्या

२ मंसिर २०७५, आईतवार ११:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शनिवार राती एक जनाको हत्या भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ उदयपुरमा राती ८ बजे सुर्खेत चिसापानी बस्ने ३० बर्षीय सागर चन्दको हत्या भएको हो ।
उदयपुरस्थित गंगापुरमा पोल्ट्री फर्ममा काम गर्दै आएका चन्दको धारिलो हतियार प्रहार गरी हत्या भएको वडा प्रहरी कार्यालय नेपालञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी साइकलमा हिँडेका चन्दलाई घटनापछि उपचारका लागि आफन्तले भेरी अञ्चल अस्पताल ल्याएका थिए । उनको रातीनै मृत्यु भएको प्रहरीको भनाई छ ।
चन्द सडक दुर्घटनामा घाईते भएको आफन्तले बताएपनि उनको शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकोले अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक डाँगीले बताए ।

Next Post

मोहम्मद डेलाई दृष्टिगत गर्दै हिरमिनियामा सामाजिक सद्भावको बैठक

२ मंसिर २०७५, आईतवार ११:००
सदरलाइनडटकम, डुडुवा (बाँके) : इस्लाम धर्मावलम्बीहरुले मंसीर ५ गते मनाउने मोहम्मद डेलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आज बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा सामाजिक तथा धार्मिक सद्भाव समितिले छलफल गरेकोे छ । ईलाका प्र्रहरी कार्यालय हिरमिनियामा भएको छलफलमा डुडुवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्र, नेपालगञ्ज उपमहानगरपालिका वडा […]