डुडुवामा ‘समुदाय प्रहरी पालिका समिति’ गठन

१ मंसिर २०७५, शनिबार १७:१९
 


सदरलाइनडटकम,
डुडुवा (बाँके) : जनता र प्रहरी सँगसँगै अभियानअन्तर्गत बाँकेका स्थानीय तहमा पालिका, टोल र विद्यालयहरुमा चेतनामुलक अभियान सञ्चालन गरिएको छ । डुडुवा गाउँपालिकामा शनिवार आयोजित भेलाले ‘समुदाय प्रहरी पालिका समिति’ गठन गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको संयोजकत्वमा २० सदस्यीय पालिका समिति गठन भएको हो ।
समितिको सहसंयोजकमा उपाध्यक्ष शाहिदा बानो, प्रहरी निरीक्षक भरतसिंह राठौर, सदस्य सचिवमा शरण भण्डारी रहेका छन् । सदस्यहरुमा भण्डारीलाल यादव, अशोक पाण्डे, कुन्नी जैसवाल, राकेशकुमार मिश्र, निरञ्जनसिंह सरदार, प्रभा शाही, हेमा थापा, देवराज धिताल, अजमल खाँ, रामरुप कौशल, नैपाल धोबी, शब्बीर खा, प्रेमकुमारी शाही, करिम खाँ, खेमनाथ अधिकारी, मानबहादुर बोगटीलाई चयन गरिएको छ ।


समितिले गाउँपालिकास्तरमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण, सामाजिक बिकृतिविरुद्ध जनचेतनामुलुक गतिबिधी सञ्चालन गर्ने, सुरक्षाको व्यवस्था सुदृढ बनाउन र जनता तथा प्रहरीबीचको सम्वन्ध प्रगाढ बनाउने र सामुदायिक योजना निर्माण मुल्याकंन र अनुगमनलगायतका काम गर्नेछ ।
पालिकास्तरको समितिपछि अब वडास्तर, टोल टोल र विद्यालयहरुमा पनि समुदाय प्रहरी समिति गठन गर्ने योजना रहेको इलाका प्रहरी कार्यालय कम्दीका इञ्चार्ज शरण भण्डारीले जानकारी दिए ।

Next Post

सासु ससुराले नै छोरी सरह बुहारीलाई अन्माए

१ मंसिर २०७५, शनिबार १७:१९
सदरलाइन / रुद्र सुवेदी   नेपालगन्ज  : संघिय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधान सभाका पूर्व उप–सभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदी चन्द्रकान्ताले जेठी बुहारी मालती शर्मालाई छोरीको रुपमा विबाह गरी अन्माई पठाएका छन् । बुहारीले नै रोजेको बरका साथ विबाह गरी समाजलाई चुनौती दिदै […]

सम्बन्धित