दङीशरणमा समुदाय प्रहरी पालिका समिति गठन

३० कार्तिक २०७५, शुक्रबार १८:३२
 

सदरलाइनडटकम,
दाङ : समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रवार दाङको दङीशरण गाँउपालिकामा समुदाय प्रहरी पालिका समिति गठन गरिएको छ । समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मकरुपले अगाडि बढाउने उद्देश्यले समुह गठन गरिएको हो ।
गाउँपालिका अध्यक्ष भागिराम चौधरीको सयोंजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको छ । सहसयोंजकमा उपाध्यक्ष पिमाकुमारी खड्का रहेकी छन् ।
त्यस्तै सदस्य सचिवमा ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायक निरीक्षक जिवन बिक्रम शाह, सदस्यहरुमा वडा नं. ४ का अध्यक्ष नेवबहादुर कुवँर मगर, ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी सहायक निरीक्षक माधवकुमार श्रेष्ठ, स्वास्थ्य सस्ंथाका बासुदेव चौधरी, आमा समूहबाट उमा बस्नेत, बसन्ती वली, बिरेन्द्र माबि हेकुलीका प्रधानाध्यापक खिमराज खनाल, सञ्चारकर्मी दिप्तीशिखा चौधरीलगायत रहेका छन् ।

Next Post

हत्या गरिएका युवकको शव घिसार्दै गरेका एक जना पक्राउ

३० कार्तिक २०७५, शुक्रबार १८:३२
सदरलाइनडटकम, धनगढी : प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज नजिकै शुक्रवार राती एक युवकको हत्या भएको हो । वडा नम्वर ४ कै २५ बर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । राती ११ बजे थापाको […]