पुष्पलाल चोकमा बम राखेको आरोपमा ‘वली’ पक्राउ

३० कार्तिक २०७५, शुक्रबार १०:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : 
नेपालगञ्जको पुष्पलाल चोकस्थित पुष्पलालको शालिक मुनि पाईप बम राखेको जिम्मेवारी लिने ‘कमाण्डो’ समुहको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नलगाड ४ जाजरकोटका २७ बर्षीय प्रदीप वलीलाई पक्राउ गरी शुक्रवा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
बम फेला परेको एक घण्टा भित्रै उनलाई पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले दाबी गरे । प्रहरीका अनुसार बम राख्ने प्रदीप वली ‘दयालु’लाई बिहीवार पुष्पलालचोक नजिकबाट पक्राउ गरिएको हो । पक्राउ परेका वलीको साथबाट संगठनको लेटरप्याड, करीब आधा दर्जन मोबाईलको सिम, ४१ हजार ५ सय १० नगद र केही भारतीय रुपैयाँ बरामद भएको छ । यसअघि भारतको शिमलामा मजदुरी गर्दै आएका उनी छिट्टै ठूलो नेता बन्ने चाहन बोकेर आपराधिक क्रियाक्लाप गर्न थालेको प्रहरीको भनाई छ ।


वली ‘हामी नेपाली हाम्रो नेपाल’ नामको संगठनका अध्यक्ष भएको र सो संगठन २०५५ सालमा १५ जना व्यक्ति मिलेर स्थापना गरेको जानकारीमा आएको उनले जानकारी दिए । पर्चा संगठन अन्तर्गतको कमान्डो ग्रुपको हवाला दिँदै पुष्पलाल चोकमा बम राखिएको वलीले नजिकै रहेको होटल एभरेष्टमामा फोन गरेको प्रहरीको भनाई छ ।
बिहीवार बिहान सवा ९ बजे निलो प्लास्टिकको झोलामा भेटिएको बम करिव ७ घण्टापछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।


 

Next Post

थप चार जनाको डीएनए पनि ‘नेगेटिभ’

३० कार्तिक २०७५, शुक्रबार १०:१५
सदरलाइनडटकम, कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि पठाइएको थप चार जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । प्रहरीको विधिविज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा चारै जनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा शंकाको घेरामा परेका थप ४ जनाको डीएनए पनि नमिलेको कञ्चनपुरका प्रहरी […]