छठलगत्तै संगठनात्मक एकीकरणको प्रक्रियाले गति लिने : मन्त्री पुन

२७ कार्तिक २०७५, मंगलवार १७:४५
 
फायल तस्बिर

सदरलाइनडटकम,
रोल्पा : ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगरले दुई पार्टीको संगठनात्मक एकीकरणको प्रक्रियाले छठलगत्तै गति लिने बताएका छन् । नेकपा रोल्पाले मंगलवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।
पार्टी एकीकरण भएको लामो समय भई सक्दा पनि संगठनात्मक रूपमा एकीकणले सोचेजस्तो गति नलिँदा कार्यकर्तामा निरासा छाउन थालेको भन्दै मन्त्री पुनले यसलाई तुरुन्त प्रक्रियामा लगेर गति प्रदान गरिने जिकिर गरे । पार्टीले समाजवादी कार्य दिशालाई अगाडी सारेको बताउँदै उनले अब माथिल्लो संरचना र आधारमा नै परिवर्तन गर्नका लागि नेकपा लागेको बताए ।
मन्त्री पुनले तिहाई र वामपन्थीको सरकारले जनतालाई देखिने गरी नतिजा दिनका लागि लागेको दाबी गरे । उनले संघीय, प्रदेश र स्थानीय तहको सरकारको सहकार्यमा जनताको लागि काम गर्नुपर्ने बताए । उनले आगामी दिनमा सरकारले जनताको हितमा काम गर्नका लागि आफूहरू लागेको भन्दै जनताको जीवनमा आमूल परिवर्तन नभएमा बामपन्थी सरकारले काम नगरेको ठहर हुने जिकिर गरे । उनले बेरोजगार, गरिवी हटाउनको लागि पहल नीति तथा कार्यक्रम तय गरी अगाडि बढेको बताए ।
कार्यक्रममा प्रदेश ५ को प्रदेश कमिटी अध्यक्ष एवं पूर्वसभामुख ओनसरी घर्तीमगरले सरकारलाई पूरै सहयोग गर्नका लागि पार्टी कमिटी तथा कार्यकर्ताहरूलाई अनुरोध गरिन् । प्रदेश ५ मा पूरै पार्टीलाई नयाँ गतिका साथ अगाडि बढाउने कार्य योजनासहित अगाडि बढेकोले सबै त्यसमा लाग्नका लागि उनले अनुरोध गरेकी थिइन् ।

Next Post

बाँकेको बानियाभारमा कृषि क्याम्पस सञ्चालन हुँदै

२७ कार्तिक २०७५, मंगलवार १७:४५
सदरलाइनडटकम   बैजनाथ (बाँके) : लामो समयको प्रतिक्षापछि बाँकेमा पनि कृषि विषयको उच्च शिक्षामा अध्यापन हुने भएको छ । यो संगै कृषि शिक्षामा विद्यार्थीको आकर्षण रहे पनि जिल्लामा पढाई हुने स्थान नहुँदा विद्यार्थीहरु अन्यत्र जाने समस्यासमेत टरेको छ । बाँकेको बैजनाथ गाउँपालिका–४ बनियाभार स्थित गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले ब्याचलर […]

सम्बन्धित