खजुरा गाउँपालिकाले मेलमिलापकर्तालाई आधारभूत प्रशिक्षण दिदै

२६ कार्तिक २०७५, सोमबार १८:३८
 

सदरलाइनडटकम, 
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका २७ जना मेलमिलापकर्तालाई ७२ घण्टाको लामो अवधीको आधारभूत प्रशिक्षण दिन सुरु गरिएको छ ।
न्यायिक समितिलाई सहयोग पुग्ने गरी गाउँगाउँमा मेलमिलाप तथा विवाद समाधानकर्ताहरु छनौट गरेर खजुरा गाउँपालिका ८ वटै वडाबाट २७ जना मेलमिलापकर्तालाई तालिम दिन लागिएको हो ।
फौजदारी मुद्दा बाहेक अन्य मुद्दाहरु गाउँमै समाधान गर्ने उद्देश्यले स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे अनुरुप नै मेलमिलापकर्तालाई तालिम दिइन लागेको न्यायिक समिति संयोजकसमेत रहेकी खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले बताइन् ।
तालिममा सहभागीले दैनिक ९ घण्टा अनिवार्यरुपमा तालिममा बस्नुपर्ने र उनीहरुलाई विवाद समाधानका लागि अवलम्बन गर्नु पर्ने सबै किसिमको प्रक्रिया सिकाइने उपप्रमुख विकले जानकारी दिइन् । तालिमपछि परिवर्तन आउने विश्वास व्यक्त गर्दै उनले मेलमिलाप केन्द्र स्थापना गरेर उनीहरु मार्फत विवाद समाधान गरिने बताइन् ।
उपप्रमुख विकले मेलमिलापकर्ताले विभिन्न ११ प्रकारका विवाद समाधान गर्ने संवैधानिक अधिकार रहेको जानकारी दिँदै फौजदारी प्रकृतिका मुद्दा मात्र अदालत जाने किसिमले काम अगाडि बढाइने बताइन ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्थानीय सरकार संचालन ऐनले नै मेलमिलापकर्तालाई स्वायत्तता दिएको भन्दै वडाको न्यायाधीशको रुपमा कुनै पूर्वाग्रह नराखेर निष्पक्ष ढंगबाट विवाद समाधान गर्ने विश्वास व्यक्त गरे ।
खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, कानूनी सल्लाहकार विकास आचार्यले सुक्ष्म तरिकाबाट विवाद समाधानका लागि तालिम सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे । तालिममा अधिवक्ता भानुभक्त रिजाल र राधेश्याम थारुले प्रशिक्षण दिइरहेका छन् ।

Next Post

बाँकेका विपन्न विद्यार्थीलाई कतार च्यारेटीको चारलाख बढी सहयोग

२६ कार्तिक २०७५, सोमबार १८:३८
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँकेका विपन्न तथा अनाथ र अपांगता भएका बालबालिका तथा विपन्न विद्यार्थीहरुलाई कतार च्यारेटीले ४ लाख बढी आर्थिक सहयोग उपलब्ध गराएको छ । कतार सरकारको सहयोग तथा कतार च्यारेटी नेपालले बाँके युनेस्को क्लबको संयोजनमा सोमबार नेपालगन्जमा ती विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराएको हो । बाँके जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालय, […]