जीप पल्टिँदा दाङमा २७ जना घाइते, पाँचको अवस्था गम्भीर

२२ कार्तिक २०७५, बिहीबार १५:४७
 

सदरलाइनडटकम,
दाङ : देउसीभैलो खेल्न हिँडेको जीप दुर्घटना हुँदा दाङमा २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेले बताए ।
तुलसीपुर ७ का १६ वर्षीया रमा एलसी, सोही ठाउँ निवासी विपना चौधरी, १४ वर्षीया रन्जीता भट्टराई, १८ वर्षीया सरस्वती भट्टराई, १७ वर्षीय पवन डाँगी, १६ वर्षीय सुरज अधिकारी, १७ वर्षीय कुसुम कवर, १८ वर्षीय कमल भुजेल, १८ वर्षीया गीता वली घाइते भएका छन् ।
त्यस्तै १८ वर्षीया लक्ष्मी विक, १७ वर्षीया भावना वली, १८ वर्षीय दोर्जे गुरुङ, १५ वर्षीय अनुस चौधरी, १७ वर्षीय विजय घर्तीमगर, १५ वर्षीय विनोद पुलामी, १४ वर्षीया श्रृष्टि मगर, २४ वर्षीया रञ्जीता चौधरी, १९ वर्षीय विजय घिमिरे घाइते भएका छन् ।
त्यसैगरी, विकास बलामी, सन्तोष हमाल, प्रविन भट्टराई, मेघराज पोख्रेल मधुसुदन चौधरी, रोशन चौधरी र कृष्ण चौधरी घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनालाई घोराही र तीन जनालाई कोहलपुर पठाइएको सशस्त्र प्रहरी निरीक्षक न्यौपानेले बताए । उनका अनुसार ओभरलोडका कारण जीप अनियन्त्रित भएर पल्टेको हो ।

Next Post

देउसीभैलोको रकम सामाजिक काममा खर्चिने

२२ कार्तिक २०७५, बिहीबार १५:४७
सदरलाइनडटकम, नेपालगञ्ज : देउसीभैलो खेलेर संकलन गरेको रकम पिकनिक खाने र घुमघाम गरेर सक्ने बाँकेका यूवा र बाल क्लवले यस बर्षको दीपावलीमा देउसीभैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा लगाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१ मा गठन भएको बाल क्लव संजालले यस बर्ष देउसीभैलो खेलेर संकलन भएको रकमको २५ प्रतिशत बालबालिकाको […]