जीपभित्र दियो बाल्दा बालकको मृत्यु

२२ कार्तिक २०७५, बिहीबार १४:५४
 

सदरलाइनडटकम,
सर्लाही : दीपावलीमा जीप भित्र दियो बालेर राखेपछि सर्लाहीमा जीप जलेर नष्ट भएको छ भने एक बालकको मृत्यु भएको छ । ब्रम्हपुरी गाउँपालिका ७ नोकेलवामा जीपमा दीपावलीको बत्ती बाल्दा जीप नै जलेर नष्ट भएको हो ।
जीपभित्र सुतेका एक बालकको मृत्यु भएको छ । घरको आगनमा पार्किङ गरेर राखेको बीआर ०६ एपी २०१८ नम्बरको बलेरो जीपमा दीपावली गर्न बालेको दियोबाट आगो सल्किँदा जीपभित्र सुतिरहेका रामलाल रायको १२ वर्षीय छोरा धनिकलाल रायको मृत्यु भएको हो । जीप पूर्णरुपमा जलेको छ ।
यस्तै बुधवार राती चन्द्रनगर, गोडैता, रामनगरलगायतका स्थानमा आगो लाग्दा १४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Next Post

नेपाल सम्वतका अवसरमा नेपालगञ्जमा र्याली

२२ कार्तिक २०७५, बिहीबार १४:५४
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रचलनमा ल्याउने निर्णयलाई कार्यान्वयनको लागि माग गरिएको छ । नेपाल सम्वत ११३९ को अवसरमा बिहीबार नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागिले सो कुराको माग गरेका हुन । विभिन्न समुदायको पर्व र सस्कृतिमा बाँकेमा जनप्रतिनिधि राजनीतिक दल, समाजिक अगुवा, विभिन्न धर्मका धर्मगुरु, प्रशासन तथा निजामति […]