यमपञ्चकको तेस्रो दिन बुधवार लक्ष्मीको पूजा गरिँदै

२१ कार्तिक २०७५, बुधबार १४:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : यमपञ्चकको तेस्रो दिन बुधवार धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधनाका साथै श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ । सफा र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बुधवार बिहानै घर सफा र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि बुधवार साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

Next Post

इटहरीस्थित सामसुङको शो रुममा आगलागी

२१ कार्तिक २०७५, बुधबार १४:५५
सदरलाइनडटकम, सुनसरी : इटहरी ६ स्थित धरान रोडमा रहेको एक पसलमा आगलागी भएको छ । बुधवार दिउँसो साढे एकबजे लागेको आगो नियन्त्रणका गर्न सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको बिराटनगर, सुन्दरहरैचाको दमकल पुगेका छन् । प्रहरीका अनुसार सामसुङको शो रुम रहेको घरमा आगो लागेको हो । आगलागीको कारण खुल्न सकेको छैन । […]