आठ लाख मूल्य बराबरको पटका झापामा बरामद

२० कार्तिक २०७५, मंगलवार १४:०१
 

सदरलाइनडटकम,
झापा : तिहारलाई लक्षित गरी भारतबाट अवैधरुपमा भित्र्याइएको ठूलो परिणामको पटका प्रहरीले बरामद गरेको छ ।
भारतको बिहार र बंगाल राज्यसँग जोडिएका नाकाबाट नेपाल लियाइएको करिब ७ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए ।
झापाको मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्ज नाकाबाट प्रहरीले पटका बरामद गरेको हो । प्रहरीले विभिन्न प्रकारका १० देखि ५ हजार मूल्य बराबरको पटका बरामद गरेको थियो ।
नेपालमा प्रतिबन्धित पटका तिहार तथा छठ पर्वमा बिक्री वितरणका लागि तस्करी गरी नेपाल भित्र्याएको प्रहरी उपरीक्षक ढकालले बताए ।

Next Post

ठुलो परिमाणको लागुऔषधसहित रुकुममा तीन पक्राउ

२० कार्तिक २०७५, मंगलवार १४:०१
सदरलाइनडटकम, रुकुम : ठुलो परिमाणको लागुऔषधसहित रुकुममा तीन जना पक्राउ परेका छन् । आठबीसकोट नगरपालिका १३ भल्म स्थित १० किलो चरेशसहित आठबीसकोट नगरपालिका ९ का ४२ बर्षीय इन्द्र चन्द, सोही नगरपालिका ३८ बर्षीय कर्णबहादुर शाही र सिद्धकुमाख गाउँपालिका सल्यानका ६० बर्षीय हिक्मत बुढाथोकी पक्राउ परेका हुन् । लागूऔषध चरेश ओसार–पसार भईरहेको […]