गोली हानी बर्दियामा एक जनाको हत्या

१९ कार्तिक २०७५, सोमबार १५:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : गोली हानी बर्दियामा एक जनाको हत्या भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–३ गोबरेपुर्वाका ३५ वर्षीय मोहन खटिककोे गोली हानी हत्या भएको हो ।
घरमा सुतिरहेका बेला आईतवार राती अज्ञात समूहले गोली हानी हत्या गरेको आफन्तले बताएका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति १ बजेर ४० मिनेटमा नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँ कोखमा गोली हानी खटिकको हत्या गरेका थिए ।
सो समूह त्यहाँबाट गएलगत्तै घट्नाबारे प्रहरीलाई जानकारी गराइएको उनले बताए । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा घाइते खटिकको सोमवार बिहान ४ बजे मृत्यु भएको हो । उक्त समूहले नगदसहित सरसामान लुटपाट गरेको पीडित परिवारले बताएको छ ।



घटनास्थलमा गोलीको खोलसमेत नभेटिएको र मृतकमाथि गोली प्रहार भएको वा अन्य हतियार प्रयोग गरी हत्या गरिएको भन्ने बारे अनुसन्धानपछि मात्र पत्ता लाग्ने इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए । खटिकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।

Next Post

श्रीमद् भागवत् कथा ज्ञान महायज्ञ नेपालगञ्जमा हुने

१९ कार्तिक २०७५, सोमबार १५:२७
सदरलाइनडटकम, नेपालगञ्ज : संगीतमयी श्रीमद् भागवत् कथा ज्ञान महायज्ञ महोत्सव नेपालगञ्जमा सञ्चालन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का नन्कुराम होलीराम थोक कपडा पसलको आयोजनामा यही कार्तिक २७ गतेदेखि महोत्सव सञ्चालन हुने भएको हो । मंसिर ४ गतेसम्म चल्ने महोत्सवमा दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म कथा वाचनका […]

सम्बन्धित