क्यान्सर पीडितामाथि बलात्कारको आरोपमा गुरुवा पक्राउ

१७ कार्तिक २०७५, शनिबार १६:२९
 

सदरलाइनडटकम,
बर्दिया : क्यान्सर पीडितालाई बलात्कार गरेको आरोपमा एक जना गुरुवा(धामीझाँक्री) पक्राउ परेका छन् । क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै पुगेर पटकपटक बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका १० बैदीका ७१ वर्षीय सुब्बा थारू पक्राउ परेका हुन् ।
गुरुवा रहेका सुब्बाले गत माघदेखि उपचारका नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले आरोप लगाएकी छन् । सुब्बा थारूले राती फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफुक गरी निको पारीदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन् ।
झारफुक गरेर निको हुने विश्वासले बलात्कार सहेर बसेको पीडित महिलाको भनाई छ । तर मनमा अति पीडा भएपछि कानूनी न्यायका लागि प्रहरीमा गएको पीडिताले सुनाइन् । पीडितले शुक्रवार इलाका प्रहरी कार्यालय बाँसगढीमा थारूविरुद्ध जाहेरी दिएकी हुन् ।
जाहेरीको आधारमा कानूनी कारवाही अघि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताए । उनले शुक्रवारनै अभियुक्त थारूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताए ।
रोग बढ्दै गएपछि पीडित महिलाले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोहीअनुसार उपचार गराइरहेकी छिन् । पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारमा छन् भने दुई छोरा पनि कामका लागि घर बाहिर जाने गरेका छन् ।

Next Post

प्रदेश प्रहरी सेवा ऐनप्रति नेता निधीद्वारा खुशी व्यक्त

१७ कार्तिक २०७५, शनिबार १६:२९
सदरलाइनडटकम, जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेस समस्याको समाधान संविधान संशोधनबाट हुने भएपनि मधेशवादी दलबाट संशोधन हुनै नसक्ने दाबी गरेका छन् । जनकपुरधामको जिरोमाइलस्थित जनकपुर युथ क्लबको १३औं साधारणसभामा बोल्दै नेता निधिले मधेशवादी दलले मधेशको विकास गर्न सकेपनि मधेशी जनताको एजेण्डालाई कहिले पनि स्थापित गर्न नसक्ने दाबी गरे । […]