किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

१७ कार्तिक २०७५, शनिबार १६:०२
 

सदरलाइनडटकम,
कपिलबस्तु : तेह्र वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिवराज नगरपालिका वडा नं. १ का एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय २२ वर्षीय युवक खिमबहादुर विकलाई स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
पक्राउ परेका विकले बुधवार राति १३ वर्षीय एक बालिकालाई घर नजिकै शौचालयमा शौच गर्न गएको बेला जबरजस्ती समातेर मुख छोपी बलात्कार गरेको पीडित परिवारले आरोप लगाएको छ ।
पीडित परिवारको उजुरीका आधारमा युवक विकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए । मेडिकल रिपोर्टको आधारमा युवकमाथि कारवाही प्रक्रिया अघि बढ्ने प्रहरीको भनाई छ ।
बलात्कार जस्तो जघन्य अपराधमा पीडकलाई हदैसम्मको सजाय हुनुपर्ने भन्दै पीडित परिवारले प्रहरीलाई दबाब दिएका छन् भने सञ्चारकर्मीहरुसँग न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् । घटनाको प्रकृतिका आधारमा प्रहरी अनुसन्धान र मेडिकल रिर्पोटअनुसार दोषीलाई नियमानुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।

Next Post

क्यान्सर पीडितामाथि बलात्कारको आरोपमा गुरुवा पक्राउ

१७ कार्तिक २०७५, शनिबार १६:०२
सदरलाइनडटकम, बर्दिया : क्यान्सर पीडितालाई बलात्कार गरेको आरोपमा एक जना गुरुवा(धामीझाँक्री) पक्राउ परेका छन् । क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै पुगेर पटकपटक बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका १० बैदीका ७१ वर्षीय सुब्बा थारू पक्राउ परेका हुन् । गुरुवा रहेका सुब्बाले गत माघदेखि उपचारका नाममा बलात्कार गर्ने गरेको […]