सोह्र लाखको रिचार्ज कार्ड चोरी गर्ने दाङमा पक्राउ

१५ कार्तिक २०७५, बिहीबार १४:५०
 

सदरलाइनडटकम,
दाङ : सोह्र लाख बढी नेपाल टेलिकमको रिचार्जकार्ड चोरी गर्ने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो ।
उनको साथबाट १६ लाख १० हजार रुपैयाँका रिचार्ज कार्डसमेत बरामद गरिएको प्रहरीले बताएको छ । रिचार्ज चोरी गरी रोल्पा थवाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।
उनलाई पक्राउ गरेपछि रोल्पा र उनको ससुराली प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ मा लुकाई छिपाई राखेको अवस्थामा रिजार्च कार्ड बरामद गरिएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए । रोल्पाबाट ५० का दरका चारसय थान, एकसय दरका दुई हजार थान रिचार्जकार्ड बरामद गरिएको हो ।
त्यस्तै प्युठानबाट ५० दरका रिचार्जकार्ड तीन हजार छ सय थान र एकसय दरका आठ हजार पाँच सय थान र पाँच सय दरका तीन सय ६० थान थान बरामद गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
जम्मा १६ लाख दश हजार बरामद गरिएको छ र थप रिचार्ज कार्डका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । असोज २३ गते रिचार्जकार्ड चोरी भएपनि २१ दिनपछि बुधवार उनलाई पक्राउ गरिएको हो ।
ना ६ ख ९३४५ नम्बरको गाडीबाट दाङ–चितवन लैजाँदै गरेको रिचार्ज कार्ड बीचबाटोमै चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक शर्माले बताए ।

Next Post

निर्मला हत्या प्रकरणमा शंकास्पद चारजनाको नमूना संकलन

१५ कार्तिक २०७५, बिहीबार १४:५०
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शंकास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि संकलन गरेको छ । महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी दुई दिनअघि डिएनए परीक्षणका लागि काठमाण्डौस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब […]