सदरलाइनडटकम,
गुल्मी : जीप दुर्घटना हुँदा गुल्मीमा एकै परिवारको पाँच जना घाइते भएका छन् । भाइटीका लगाइदिन शुक्रवार माइत जाँदै गर्दा बा १० च ६१५२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा रेसुङगा नगरपालिका १ की ४५ वर्षीया निर्मला केसी, २३ वर्षीया सन्ध्या केसी, २६ वर्षीया प्रवेश केसी, १६ वर्षीया पुष्पा राना र रुपन्देही फूलवारीकी २१ वर्षीया मोनिका घिमिरे घाइते भएका हुन् ।
घाइते सबैलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाण्डौको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ । सदरमुकाम तम्घासदेखि रेसुङगा नगरपालिका ३ भाड गाउँ जाँदै गर्दा बिहान ११ बजे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले बताए । मोनिका निर्मला केसीकी दिदीकी छोरी हुन् भने राना घरमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।


