अवैधरुपमा भण्डारण गरिएको तीन क्विन्टल मासु नष्ट

१४ कार्तिक २०७५, बुधबार १५:३४
 

सदरलाइनडटकम,
बुटवल : तीन महिनादेखि भण्डारण गरी राखिएको तीन क्विन्टल मासु बुटवलमा बरामद गरी नष्ट गरिएको छ ।
वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायका अनुसार बुटवलको इँटाभट्टीमा रहेको कुरेसी मासु पसलमा बुधवार जिल्ला अनुगमन टोलीले गरेको अनुगमनको क्रममा तीन वटा डीप फ्रिजमा राखिएको २२८ किलो खुट्टा, ७४ किलो टाउको र ८ किलो भुँडी बरामद गरी नष्ट गरिएको हो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वमा भएको अनुगमनका क्रममा त्यो परिमाणको मासु बरामद भएपछि मासु पसललाई सिल गर्नुका साथै तिनाउ नदी किनारमा लगेर मासु नष्ट गरिएको छ ।

Next Post

सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु

१४ कार्तिक २०७५, बुधबार १५:३४
सदरलाइनडटकम, कोहलपुर : बाँकेमा मंगलवार राती सडक दुर्घटनामा परी एक जना प्रहरी जवानको मृत्यु भएको छ । कोहलपुरको चपरगौडी नजिकै मोटरसाइकल दुर्घटना हुँदा सुर्खेत घर भई हाल क्षेत्रीय प्रहरी गण खजुरामा कार्यरत प्रहरी जवान भविन्द्र थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दाङबाट कोहलपुरतर्फ आउँदै गरेको रा ४ […]

सम्बन्धित