सदरलाइनडटकम,
अर्घाखाँची : भीरबाट लडेर बझाङमा दुई जनाको मृत्यु भएको छ । स्याउला ल्याउन जंगल जाने क्रममा मंगलवार भीरबाट लडेर तल्कोट गाउँपालिका ७ धामीगाउँकी ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो ।
लडेर घाइते भएकी धामीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै घाँस काट्ने क्रममा भीरबाट लडेर खप्तड छान्ना गाउँपालिका १ गोठखोलाका २२ वर्षीया पार्वती जोशीको मंगलवार मृत्यु भएको छ ।
घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Next Post
शक्तिशाली आँधी आउँदा इटालीमा एघार जनाको मृत्यु
१४ कार्तिक २०७५, बुधबार ०९:४७
सम्बन्धित
-
७ आश्विन २०८०, आईतवार १६:३४
जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल
-
११ आश्विन २०७६, शनिबार १४:२४
बजार अनुगमनमा पाँच लाखको अखाद्य भेटियो
-
२ चैत्र २०७४, शुक्रबार १७:३०
नशा रोगीका लागि स्वास्थ्य शिविर गरिने
-
२ असार २०७७, मंगलवार २२:१५
प्रदेश सभा सदस्य नमुनाले अगैया दुर्घटनाका मृतकका परिवारजनलाई भेटिन
-
१५ माघ २०७४, सोमबार १५:३६
नेपालगन्जको ट्राफिक व्यवस्थापनको लागि उप–महानगरको पहलमा सुर्खेतरोडका डिभाइडर हटाउन शुरु
-
३ मंसिर २०७६, मंगलवार ०९:४४
आर्थिक चलखेलको उपज बेरितको बोलपत्र स्वीकृत