रेड पाण्डाको छालासहित शाही पक्राउ

१० कार्तिक २०७५, शनिबार १८:२५
 


सदरलाइनडटकम,
कोहलपुर (बाँके) : प्रहरीले बाँकेको कोहलपुर नगरपालिका वडानं. २ मुगालीबस्तीबाट दुई वटा रेड पाण्डाको छालासहित एक जनालाई पक्राउ गरी अनुसंधान सुरु गरेको छ ।
५ नं प्रदेश प्रहरी अनुसंधान व्यूरोको टोलीका प्रहरी निरिक्षक देबिप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले कोहलपुर–२ का ३१ बर्षिय मानबहादुर शाहीलाई शनिबार साँझ ५ बजेतिर दुई थान रेड पाण्डाको छालासहित उनकै घरबाट नियन्त्रणमा लिएको हो ।
बरामद छाला र शाहीलाई स्थलगत मुचुल्का गरी थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाउने तयारी भई रहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए । उनले बाँकी विबरण आउन बाँकी रहेको बताए ।

Next Post

औषधी व्यवसायी संघको विधान संशोधन साधारणसभा सुरु

१० कार्तिक २०७५, शनिबार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाल औषधी व्यवसायी संघको विधान संशोधन साधारणसभा शनिबारदेखि नेपालगञ्जमा शुरु भएको छ । संघको स्थापना भएको ४५ वर्षपछि संघले पहिलो पटक विधान संशोधन गर्न लागेको हो । संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले मुलुकको संविधान अनुरुप संघलाई प्रादेशिक संरचनामा लैजान विधान संशोधन गर्न लागिएको बताए । ‘विधान संशोधनपछि अव […]