तुलसीपुरमा पुरुषको शव भेटियो

१० कार्तिक २०७५, शनिबार १५:००
 

सदरलाइनडटकम,
दाङ : दाङमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ सिद्धेश्वरी टोल नजिकै करीब ५० बर्षीय पुरुषको शव भेटिएको हो ।
शव सडिसकेकाले एकहप्ता अघिको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार कोही नबस्ने खाली घरमा मृत्यु भएकाले पनि लामो समयसम्म उनको शव फेला पर्न नसकेको हो ।
केटाकेटी खेल्ने क्रममा शुक्रवार बेलुकी शव भेटाएका थिए । उनी लामो समय देखि त्यही घरमा बस्दै आएको र मागेर गुजारा गर्दै आएको स्थानीयले बताएका छन् । उनको नाम, ठेगाना भने खुल्न सकेको छैन् ।

Next Post

सरकार अपराधीलाई संरक्षण दिईरहेको देउवाको आरोप

१० कार्तिक २०७५, शनिबार १५:००
सदरलाइनडटकम, काठमाण्डौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अपराधीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाएका छन् । तरुण दलको ६५औं स्थापना दिवसका अवसरमा शनिवार सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले अपराधीलाई कारवाही गर्नको सट्टा सरकारले संरक्षण गरेको बताए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई उम्काउने कोशिस सरकारले गरेको देउवाको […]