ग्यास सिलिण्डर पड्किँदा कञ्चनुपरको एक पसलमा आगलागी

९ कार्तिक २०७५, शुक्रबार १८:२६
 

सदरलाइनडटकम,
कञ्चनपुर : खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा कञ्चनपुरस्थित एक पसलमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजारमा रहेको समैजी डेरी तथा मिठाई भण्डारमा शुक्रवार ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको हो ।
मिठाइ पसलको स्टोरमा राखिएको सिलिण्डर पड्केर भएको आगलागीले चार लाख मूल्य बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट पसलभित्र राखिएको मिठाई र फर्निचर जलेर नष्ट भएका छन् भने भवनसमेत चर्किएको छ । पसलका सञ्चालक बाबु विष्टले आफु पसल बन्द गरेर घर गएको बेला सिलिण्डर पडकिएको बताए । उनका अनुसार दुई दिनअघि ग्यास भरेर ल्याइएको थियो ।
बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापाले आगलागी भएको पसलमा स्थलगत अनुगमन गर्दै आगलागी पीडितलाई गाउँपालिका तर्फबाट उचित सहयोग उपलब्ध गराइने आश्वासन दिए । पीडित विष्टलाई घर निर्माणका लागि काठ उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने अध्यक्ष थापाको भनाई थियो ।

Next Post

नरैनापुरको विकासमा हातेमालो गर्नुपर्नेमा जोड

९ कार्तिक २०७५, शुक्रबार १८:२६
सदरलाइनडटकम, नरैनापुर (बाँके) : प्रशासन र स्थानीयबीच अन्तरसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार नरैनापुरमा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र नरैनापुर गाउँपालिका कार्यालयको आयोजनामा सम्पन्न अन्तरक्रियामा सहभागीहरुले विकासमा पछाडी परेको नरैनापुरको मुहार फेर्न सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए । प्रशासन र स्थानीयबीच सुमधुर सम्बन्ध कायम गर्दै नरैनापुरलाई […]