आईसीसी ट्रफी टुर शुक्रवार नेपाल पुग्ने

७ कार्तिक २०७५, बुधबार १७:३६
 

सदरलाइनडटकम,
काठमाण्डौ : ‘विश्व भ्रमण’ मा रहेको आईसीसी एकदिवसीय विश्वकपको ट्रफी शुक्रवार नेपाल आउने भएको छ । सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवसीय विश्वकप क्रिकेटअघि ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा चार दिनसम्म नेपालमा राखिने भएको हो ।
आईसीसी मुख्यालय दुबइबाट शुक्रवार बेलुकी विश्वकप ट्रफी नेपाल आइपुग्नेछ । ट्रफीलाई शनिवार पोखरा लगिनेछ । पोखरा रंगशालामा ट्रफी प्रदर्शनीमा राखिने आईसीसीको नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिनुभयो ।
पोखरामा पोखरा प्रिमियर लिग क्रिकेट जारी रहेको अवस्थामा आईसीसी ट्रफी पनि पोखरा लान लागिएको छ । आइतवार ट्रफी काठमाण्डौ ल्याइने र दिनभर बसन्तपुर क्षेत्रमा सर्वसाधारणको अवलोकन तथा निरीक्षणको लागि राखिनेछ ।
आईसीसीको आधिकारिक भारतीय इभेन्ट म्यानेजमेन्ट कम्पनी इकम्पावर्सले ट्रफीको भ्रमण, सुरक्षा लगायत सबै बन्दोबस्त गरेको घिमिरेले जानकारी दिइन् । चन्द्रागिरी, स्वयम्भू र बसन्तपुर क्षेत्रमा विशेष फोटोशुटपछि ट्रफी सोमवार दुबई नै लगिनेछ ।
तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश लगिसकिएको छ । नेपालबाट भारत, न्युजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवाण्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै बेलायत लगिनेछ । यसबीचमा ट्रफीले २१ देशका ६० शहर भ्रमण गर्नेछ ।

Next Post

बाढी प्रभावित क्षेत्रको सांसद गहतराजद्वारा अनुगमन

७ कार्तिक २०७५, बुधबार १७:३६
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य महेश्वरराज गहतराजले बुधवार बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । बाँके क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिका वडा नं. २ को राजपुर गाउँको सांसद गहतराजले अनुगमन गरी पीडित बासिन्दासँग अन्तरक्रिया गरेका हुन् । बाँकेको सबै भन्दा धेरै बाढि […]