श्रीदेवीको थारु गीत ‘चवन्नी मुस्कि’ चर्चामा

६ कार्तिक २०७५, मंगलवार १८:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके बैजनाथकी श्रीदेवी थारुले थारु भाषाको बिल्कुलै नयाँ डान्सिङ गीत ‘चवन्नी मुस्कि’ लिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी छन् । साबिको टिटिहिरिया गाबिस निवासी तथा हाल बैजनाथ वडा नं.–७, पेडारी निवसी श्रीदेवी सानैदेखि कलाक्षेत्रमा लाग्ने चाहना पुरा गर्न डान्सिङ गीत ‘चवन्नी मुस्कि’ लिएर कला क्षेत्रमा प्रवेश गरेकी हुन् ।
गत असोज ३१ गते सि.एस.फिल्मस् प्रालि यु ट्यूव च्यानलमार्फत सार्वजनिक गीतले कम समयमै यु ट्यूवमा चार्चा बटुलेको छ । उनको गीतलाई दर्शक तथा आफन्तजनले एकदमै राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन् । श्रीदेवी र अशोक थारुको अवाजमा सार्वजनिक सो गीत कम समयमै यु ट्युवमा भारी दर्शक आफुतिर तान्न सफल भएको छ भने धेरैले नयाँ गितको शुभकामनासंगै राम्रो भएको प्रतिक्रिया दिएका हुन ।


नेपालगञ्जमै बसेर प्रबिणता प्रमाण–पत्र तह पुरा गरेकी श्रीले नेपालगञ्जकै रोडियो कृष्णसार र रेडियो हिमाल एफ एममा समाचार तथा कार्यक्रम शाखामा करिब ३ वर्ष काम गरिसकेकी छिन । सानैदेखि नृत्य गर्न रुचाउने श्रीदेवी गाउँघरमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागि हुने गर्थिन् । सानैदेखि उनमा मोडल बन्ने चाहना थियो ।
तर परिवारको सहयोग नहुनुले उनको सपना पुरा हुन सकेको थिए । पारिवारिक र पढाईले गर्दा पुरा हुन नसकेको आफ्नो चाहना यो गीतमार्फत पुरा गरेको श्रीदेवीले जानकारी दिइन् । कला क्षेत्रमा लाग्न छोरीलाई सहयोग गर्न नचाहने उनका बुवा रामगोपाल थारु गीतको अडियो सुनेर नै दंग परेका थिए ।
शुरुमा कला क्षेत्रमा लाग्न नदिने चाहना थियो, श्रीदेवीले बुवाको कुरा सम्झदै भनिन तर मेरो पहिलो प्रयास स्वरुप जब मैले गीतको अडियो बुबालाई सुनाए, त्यसपछि उहाँको मनमा कलाप्रति आफ्नो छोरीलाई सहयोग गर्ने चाहना जागेको हो । छोरीको कलालाई बढावा दिन गीतको भिडियोका लागि उनका बुबा रामगोपाल थारुले ड्रेस डिजाईन समेत गरिदिएका छन् ।



बुुबालाई एकदमै मन परेको छ, छोरीको भिडियो दर्शकले पनि मन पराई दिने हुने आशा गरेकी छु श्रीदेवीले भनिन । गीतको अडियो रेर्काडिङ खर्च श्रीदेवी आफै लगानी गरेकी छिन् भने म्युजिक भिडियोमा उनका बुबाले लगानी गरेका छन् ।
चन्द्र चौधरी र दिपक चौधरीको निर्देशन, मनोज थारुको संगीत रहेको म्युजिक भिडियोको निर्माण श्रीले स्वयंमनै गरेकी हुन । सतिश सिन्हाको श्रृङ्गार, दिपक दिपको नृत्य निर्देशन रहेको भिडियोमा श्रीदेवी, विवश चौधरी र मनिष थारुलगायतको अभिनय रहेको छ ।

Next Post

लागू औषध नियन्त्रणका लागि बाँके प्रहरीको नागरिकसंँग एक मिनेट

६ कार्तिक २०७५, मंगलवार १८:००
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँके प्रहरीले लागू औषध नियन्त्रणका लागि ‘नागरिकसंँग एक मिनेट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । लागू औषध दुव्र्यशनी नियन्त्रण गर्ने उद्देश्यका साथ परिक्षणको रुपमा एक महिनाको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले लागू औषधका विरुद्ध प्रहरीले एक […]

सम्बन्धित