प्रदेशसभा सांसद नमूनाले भनिन् : बाँकेकाे बघौडामा चैत्रभित्रै विद्युत झलमल (भिडियोसहित )

५ कार्तिक २०७५, सोमबार १९:२६
 

सदरलाइनडटकम
राप्तीसोनारी (बाँके) : कोहलपुर–धामपुर ३३ केभिए प्रशारण लाईनको बाधकको रुपमा रहेको राप्तीसोनारी गाउपालिकाको बन क्षेत्रमा सोमबारदेखि कटान सुरु भएको छ ।
सोमबार राप्ती पीडित सामुदायिक बनमा रहेको टाँचा नं.१३५को रुखलाई बाँके निर्वाचन क्षेत्रनं. १ का संघिय सांसद महेश्वर गहतराज अथक र सोही क्षेत्रको १ (क) बाट प्रदेश सभा सांसद कृष्णा केसी नमूनाले संयुक्त रुपमा आरा चलाएर रुख काट्न सुरु गरेका हुन् ।
सो कटानसंगै बघौडा क्षेत्रको विद्युतिकरणको बाटो खुलेको बाँके निर्वाचन क्षेत्रनं.१ (क) की सांसद कृष्णा केसी नमूनाले राप्तीपारीको बघौडा क्षेत्रमा विद्युतीकरणसंगै यस क्षेत्रको विकासको ढोका खुल्ने बताईन ।
उनले शिक्षा, सडक र विद्युतको पहुँच हुने वित्तिकै सबै खालका सम्भावना हुने भएकोले यो आयोजनालाई सबै आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै कुनै पनि बाहानामा अब अबरोध गर्न नहुने बताईन ।
उनले भनिन–‘ १२–१३ वर्षदेखि अलपत्र रहेको आयोजना अव सम्पन्न हुने अवस्थामा आएको छ । अव पनि कुनै पनि बाहानमा यसलाई अबरोध गर्न हुने छैन ।’
उनले कोहलपुर–धामपुर ३३ केभिए प्रशारण लाईन आयोजनाको निर्माणदेखि विद्युतको पोल गाडेर तार तन्नेसम्म ठेक्का लिएको ठेकेदार राजेन्द्र मिश्रले बन क्षेत्रको बाहाना गर्दै काम रोकेर बसेको अवस्थामा ५ दशमलभ ३ किलोमिटर दुरीको २ दशमलभ २ हेक्टर बन क्षेत्रमा रहेका २१४ वटा रुख काटान सुरु भएपछि आउदौ चैत भित्रै सो क्षेत्रमा विद्युतीकरण हुने ठोकुवा गरिन ।
उनले निमित्त बन अधिकृत गणेश खड्का बन विभागमा भएको बेलामा बाताबरणीय प्रभावको बारेमा अध्ययन गर्न र फाईल अघि बढाउन सहयोग गरेको भएपनि तत्कालिन बन मन्त्री बिक्रम पाण्डेले चासो नदिएको कारण ढिलाई भएको दाबी गरिन ।
सो अवसरमा राप्ती सोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष घनिकुमारी खत्री, वडा नं. ५ का अध्यक्ष झगरु थारु, ७ का लखनराम थारु, नेकपाका नेताहरु सुर्य ढकाल, नरेन्द्र न्यौपाने, पट्टु थारु लगायतको उपस्थिति रहेको थियो ।


 

Next Post

बघौडा विद्युतिकरणको बारेमा बोल्दै सांसद अथकले भने : डलरबादी विकासका बाधक हुन (भिडियो सहित)

५ कार्तिक २०७५, सोमबार १९:२६
सदरलाइनडटकम ,  राप्तीसोनारी (बाँके) : संघिय सांसद महेश्वर गहतराज अथकले बघौडा क्षेत्रमा विद्युतिकरणको लागि भएको लामो समयदेखिको प्रयासले मुर्तरुप पाउदै आउदो चैत्रसम्ममा जुनसुकै अवस्थामा पनि बघौडा क्षेत्र विद्युतिकरण भएरै छाड्ने ठोकुवा गरेका छन् । उनले बघौडा क्षेत्रको विकासको लागि बजेटको कारणले रोकिनु पर्ने अवस्था नभएको कुरामा जोड दिदै स्थानीय सरकारको […]