पत्नि हत्या आरोपमा श्रीमान् पक्राउ

३ कार्तिक २०७५, शनिबार १५:२६
 

सदरलाइनडटकम,
दैलेख : श्रीमती हत्या अभियोगमा दैलेखमा एकजना पक्राउ परेका छन् । ५५ वर्षीया श्रीमती लक्ष्मीको हत्या आरोप नौमुले गाउँपालिका–४ कालिकाका ५० वर्षीय सेते पुन मगर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार श्रीमान–श्रीमतीबीच सधैँ जसो झगडा हने गरेको थियो । दशैँका दिन बिहानै उनीहरु मदिरा सेवन गरेको र उक्त घटना भएको हुनसक्ने आशंकामा उनलाई पक्राउ गरिएको पोखरेलले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

दुर्गा विशर्जन तस्बीर र भिडियोमा

३ कार्तिक २०७५, शनिबार १५:२६
सदरलाइनडटकम   नेपालगञ्ज  : हिन्दू धर्मावलम्बीको महान पर्व बडा दशै (शारदीय नवरात्र) मा नवदुर्गा भवानीको मूर्ति राखेर नौ दिनसम्म पूजाआजा गरिएको मूर्ति शनिवार विसर्जन गरिएको छ । नेपालगञ्जलगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति नेपालगञ्जको विभिन्न भागमा परिक्रमा गराई डुडुवा गाउँपालिका वडा नं. ४ कम्दीस्थित राप्ती […]