छठसम्म पनि संविधान संशोधन नभए समर्थन फिर्ता लिन्छौं  : राजपा उपाध्यक्ष मण्डल

१ कार्तिक २०७५, बिहीबार २२:३९
 

सदरलाइनडटकम
काठमाण्डौ  : राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।
उनले भने,‘स्वयम् प्रधानमन्त्रीजीले संविधान संशोधन गर्छु भनेर कन्भिन्स गर्नुभएको छ । हामीले संशोधनको लागि धेरै पटक सरकारसँग सम्झौता गरेका छौं । तर, अहिलेसम्म संशोधन भएको छैन । अहिलेपनि प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर हामीलाई कन्भिन्स गर्नुभएको छ। छठसम्म हाम्रो समर्थन जारी रहन्छ । छठपछि पनि संशोधन भएन भने हामी समर्थन फिर्ता लिएर आफ्नो तरिकाले अघि बढ्छौं ।’
मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बेथितिलाई नियन्त्रण गर्न नसकेको पनि आरोप लगाए । उनले भने,‘दुई तिहाईको सरकार गठन भएको छ । जनताले धेरै ठूलो अपेक्षा राखेका थिए । तर, अहिले सरकारको प्रस्तुति हेर्दा सन्तोषजनक छैन । कर मनलाग्दी उठाउने गरेको छ । यसले जनतामा निराशा छाएको छ। करको बोझ अब जनताले धेरै व्यहोर्न सक्दैनन् । नेपालमा भ्रष्टाचार यसरी मौलाएको छ की संसारमै नेपाल भ्रष्टाचारमा पहिलो नम्बरमा छ । देशमा सुशासन छैन् । उथलपुथल देखिएको छ । अराजकता त्यस्तै बढिरहेको छ ।’
आफूहरुले पनि सरकारसँग धेरै आशा राखेको बताउँदै उनले भने,‘शान्ति स्थापना गर्नुपर्छ । यसो भयो भने विकासले तिव्रता लिन्छ । तर अहिले ठीक उल्टो भैरहेको छ । सरकारले यसमा विशेष ध्यान दिनुपर्छ ।’ ५१ प्रतिशत जनसंख्या ओगटेको तराई मधेशलाई कुनैपनि हालतमा उपेक्षा गर्न नहुने उनको भनाई छ । उनले भने,‘तराई मधेशलाई उपेक्षा गर्नुहुँदैन् । उपेक्षा गरियो भने शान्ति हुँदै्न । शान्ति भएन भने मुलुकको विकास हुँदैन् ।’
संविधानका विभिन्न धाराहरु अहिलेपनि विभेदकारी रहेको बताउँदै उनले त्यस्ता विभेदकारी धाराहरुलाई संशोधनमार्फत सच्याउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘संविधानको प्रस्तावना, धारा ४२ र धारा ५० मा समावेशी, समानूपातिकको बारेमा उल्लेख गरिएको छ। तर, कार्यकारी धाराहरु २६७, २७१, २७३, २८१, २८२ र २८३ र अन्यमा समेत समावेशी छ । तर, समानुपातिक उल्लेख गरिएको छैन । यो विभेदकारी भएकोले सच्याउनुपर्छ ।’

Next Post

मन्त्रिमण्डल फेरबदल भन्दा पनि गल्ती गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्छ  : बडाल

१ कार्तिक २०७५, बिहीबार २२:३९
सदरलाइनडटकम काठमाण्डौ  : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने,‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन् । आजको भोलि नै सबै काम हुँदैन् । समय लाग्छ । […]