बाँकेका विभिन्न तीन ठाँउबाट ३० ग्राम ४सय मिलिग्राम ब्राउन सुगरसहित चार पक्राउ

२४ आश्विन २०७५, बुधबार १७:५६
 

सदरलाइनडटकम 
नेपालगञ्ज : प्रहरीले बाँकेका विभिन्न तीन ठाँउबाट ३० ग्राम ४ सय मिलिग्राम प्रतिबन्धित ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटेको टोलीले सो प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञ्जको न्यूरोडमा रहेको सत्यम फैन्सी बस्त्रलालयबाट सो पसलका सञ्चालक समेत रहेका ४८ वर्षिय अरुण जैसवाललाई २३ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले जैसवाललाई २३ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित उन कै पसलबाट बुधबार दिउसो डेढ बजे नियन्त्रणमा लिन सफल भएको जानकारी दिए । प्रहरीका अनुसार जैशवालले नेपालगञ्जमा ड्रग डिलरको रुपमा कारोवार गर्दै आएको दाबी गरिएको छ ।
यसैगरी प्रहरीले बुधबार दिउसो २ बजे रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका बाँके बैजनाथ–१ चिसापानीका मनोज विक र रमेश डाँगीको साथबाट ४ ग्राम र ३ बजेतिर सोही रुटबाट नेपालगञ्ज आउदै गरेका कोहलपुर नगरपालिका–१ का जंगबहादुर थापाको साथबाट ३ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।
प्रहरी उपरीक्षक पौडेलले प्रहरीले लागू औषधको ट्रान्जिटको रुपमा रहेको र यसका कारोबाहीहरुलाई निरुत्साहीत पार्नको लागि सचेतनामूलक गतिविधि सञ्चालन गर्नुको साथै वसारपसारमा समेत कडाई गरेको कारण धमाधम कारोवारी प्रहरीको नियन्त्रणमा पर्न सफल भएको प्रतिक्रिया दिए ।

Next Post

महिन्द्रा टु–ह्वीलरको शोरुम नेपालगञ्जको कारकाँदोमा

२४ आश्विन २०७५, बुधबार १७:५६
सदरलाइनडटकम  नेपालगञ्ज  : महिन्द्रा टु–ह्वीलरको लागि नेपालगञ्जको कारकादौंमा आधिकारिक शोरुमको नेपालगन्जको कारकाँदोमा स्थापना गरेको छ । अग्नी मोटो इन्कले बुधबार शोरुमको औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो । शो रुमको स्थापना पनि सर्वसुलभ र सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात सेल्स, सर्भिस र एसेयरपार्टस सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने […]

सम्बन्धित