सदरलाइनडटकम,
काठमाण्डौ : आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ । चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १ दशमलव ५ ओभरमा पूरा गरेको थियो ।
नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई १३ ओभरमा २६ रनमा अल आउट गरेको थियो । चीनका होङजियान याङले सर्वा्धिक ११ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दोस्रो ठूलो रन डेन्जिमाले ५ रन जोडेका थिए । नेपाल एशिया उपक्षेत्रीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहन अब सिंगापुरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । सिंगापुर अहिले दोस्रो स्थानमा छ । नेपाल र सिंगापुरले अहिलेसम्म शतप्रतिशत नतिजना निकालेका छन् ।
Next Post

नेपालगञ्जमा बुधवारदेखि ‘दशैं सस्तो बजार’ सञ्चालन
२४ आश्विन २०७५, बुधबार १६:२०
सदरलाइनडटकम, यदुराज मिश्र/नेपालगञ्ज : हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैंका अवसरमा बुधवारदेखि नेपालगञ्जमा ‘दशैं सस्तो बजार’ सञ्चालन गरिएको छ । नेपाली ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउे उद्देश्यले नेपालगञ्ज वितरक संघको आयोजनामा ‘दशैं सस्तो बजार’ सञ्चालन गरिएको हो । दशैंका अवसरमा ग्राकहकलाई खाद्यलगायत अन्य सामानमा थोरै भएपनि सहुलियत दिएर दशैं मनाउने […]
सम्बन्धित
-
३ चैत्र २०७६, सोमबार १७:४८
पन्ध्र दिनभित्र जवाफ पेश गर्न अदालतको आदेश
-
४ माघ २०७५, शुक्रबार १६:४४
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट
-
२ मंसिर २०७४, शनिबार १६:४९
कम्युनिष्ट अधिनायकबादबिरुद्ध लोकतन्त्रबादी एक हुनुपर्ने एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनीको भनाई
-
२२ जेष्ठ २०७७, बिहीबार १६:५२
बाँकेमा थपिए ४२ जना कोरोना संक्रमित
-
४ माघ २०७३, मंगलवार १२:५७
घले बने वल्र्ड च्याम्पियन
-
२६ चैत्र २०७४, सोमबार १२:३३
गर्मीमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?