बिना भन्सार भित्र्याइएका खसीबोका बरामद

२२ आश्विन २०७५, सोमबार १७:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  अवैधरुपमा नेपालगञ्ज भित्र्याइएको १६ वटा खसीबोका बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैधरुपमा ल्याइएको उक्त खसीबोकासहित ५६ क्यारेट भारतीय अण्डासमेत प्रहरीले नेपालगञ्ज ९ बाँकेगाउँबाट नियन्त्रणमा लिएको हो ।
यस्तै भारतबाट साइकलमा अवैधरुपमा नेपाल ल्याउँदै गरको अवस्थामा ९४ वटा ब्रोइलर कुखुरा र ३ वटा साइकल कोरियनपुरबाट नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएको खसीबोका, अण्डा र कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा बुझाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डांगीले बताए ।

Next Post

लागुऔषधविरुद्ध बाँके प्रहरीको अभियान

२२ आश्विन २०७५, सोमबार १७:१७
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँके प्रहरीले लागुऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले खजुरा गाउँपालिकाको समन्वयमा सोमवार आयोजना गरेको लागुऔषध दुव्र्यसन ओसार पसार तथा सवारी दुर्घटनाविरुद्ध बृहत सचेतना कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सबैको सहकार्यमा न्यूनीकरणमा लाग्नु पर्ने बताए । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार […]