चौबिस घण्टा बित्दासमेत महिलाको शरिरबाट निस्केन सरिया

२२ आश्विन २०७५, सोमबार १५:१५
 

सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा आईतवार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा महिलाको शरीरमा पसेको तीन वटा फलामे सरिया २४ घण्टा वित्दासमेत निकाल्न सकिएको छैन् ।
मोटरसाईकलको ठक्करबाट घोराही उपमहानगरपालिका ३ झिङनी बस्ने तिला परियारको शरीरमा तीन वटा सरिया गाडिएको थियो । मोटरसाईकलले ठक्कर दिएपछि परियार उछिट्टिएर ट्रयाक्टरमा लोड भएको सरियामा पर्दा ढाडबाट पसेको तीन वटा सरिया छातीमा निस्किएको छ ।
घटनालगत्तै सरिया काटेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएपनि सरिया निकाल्न असम्भब भएपछि भैरहवा लगिएको थियो । त्यहाँ पनि डाक्टरहरुले सरिया निकाल्न सम्भव नभएकोले बताएपछि आईतवार रातीनै परियारलाई काठमाण्डौ ट्रमा सेन्टरमा लगिएको थियो ।
त्यसपछि टिचिङमा लगिएपनि त्यहाँका चिकित्सकहरुले भारत लैजान सुझाव दिएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण थप समस्या भएको पीडित परिवारको भनाई छ । घोराहीको शहिद उमेश मार्गमा दुईवटा मोटरसाईकल ठोक्किदाँ अनियन्त्रित भएको मोटरसाईकलले पैदल यात्रु परियारलाई ठक्कर दिँदा उनी उछिट्टिएर सरिया झार्नलाई रोकेको ट्रयाक्टरमा ठोक्किदाँ तीन वटा सरिया शरीरमा पसेको थियो ।

Next Post

दाङमा दुई वटा बिमानस्थल सञ्चालन हुन्छ : सभामुख महरा

२२ आश्विन २०७५, सोमबार १५:१५
सदरलाइनडटकम, दाङ : सभामुख कृष्णबहादुर महराले दाङमा दुई वटा बिमानस्थल सञ्चालनमा आउने दाबी गरेका छन् । टरिगाउँ विमानस्थलमा सोमवार रिपोर्टस् क्लब दाङले गरेको पत्रकार सम्मेलनमा उनले नारायणपुरमा अन्तर्राष्ट्रिय र तुलसीपुरको टरिगाउँमा आन्तरिक बिमानस्थल सञ्चालनमा आउने दाबी गरे । तुलसीपुर बिमानस्थलमा केही समयमै अस्थायी हवाई ईन्धन डिपो सञ्चालनमा आउने भन्दै संघीय संसदका […]

सम्बन्धित