सदरलाइनडटकम,
बझाङ : बझाङ प्रहरीले ठूलो परिमाणको अवैध मदिरा नष्ट गरेको छ । जिल्लाको विभिन्न घरहरुबाट संकलन गरिएको करीब ५ हजार ३ सय लिटर अवैध मदिरा प्रहरीले नष्ट गरेको हो ।
जयपृथ्वी नगरपालिका १० र मस्ता गाउँपालिका १ स्थित करीब २५ वटा घरमा रहेको अवैध मदिरा संकलन गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट गएको टोलीले तलासी गर्दा उक्त मदिरा फेला पारी नष्ट गरेको हो ।
मदिरा नष्ट गर्ने क्रममा स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी जवान बिनोद क्षेत्री घाइते भएका छन् । उनको जिल्ला अस्पातल बझाङमा उपचार भईरहेको छ । ढुंगा प्रहार गर्ने शंकास्पद १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Next Post
बिभिन्न जिल्लामा चार जनाको शव भेटियो
२२ आश्विन २०७५, सोमबार १४:३४
सम्बन्धित
-
११ जेष्ठ २०७७, आईतवार २२:२२
सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पूर्व मन्त्री राईले स्वास्थ्य सामाग्री उपलब्ध गराए
-
२४ मंसिर २०७८, शुक्रबार १३:३१
बाँकेमा ४ संक्रमित थपिए, २ डिस्चार्ज
-
४ कार्तिक २०७७, मंगलवार ०९:००
बडादशैंअन्तर्गत आज माँ कुष्माण्डाको पूजा गरिँदै
-
२० चैत्र २०७६, बिहीबार २०:२७
एकद्वार प्रणालीबाट राहत वितरण गर्दै जानकी
-
११ चैत्र २०७५, सोमबार १४:४८
ठूलो परिमाणको प्रतिबन्धित कुखुरा बरामद
-
१७ कार्तिक २०७८, बुधबार १३:००
राँझा विमानस्थको झाडी सफाई गरिँदै