चौविस गते बस्ने गरी नेकपा सचिवालय बैठक सकियो

२२ आश्विन २०७५, सोमबार १३:१२
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक असोज २४ गते बस्ने गरी सकिएको छ । पार्टी विवादबारे छलफल गर्ने अनुमान गरिएको बैठकमा नेताहरुले विदेश भ्रमणको रिपोर्टिङ मात्रै गरेका छन् ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका विषयमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध बिस्तारका लागि उच्चस्तरीय भेटघाट सफल भएको बारे जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा माधव नेपालले चीन र घाना भ्रमण र प्रवक्ता श्रेष्ठको चीन भ्रमणका विषयमा अवगत गराएका थिए । अघिल्लो सचिवालय बैठकपछि पार्टी नेतृत्वमा देखिएको असन्तुष्टिका विषयमा आज छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए ।

Next Post

निर्मला हत्या प्रकरणमा थप दुई प्रहरी निलम्बित

२२ आश्विन २०७५, सोमबार १३:१२
सदरलाइनडटकम, काठमाण्डौ : निर्मला पन्तको हत्या प्रकरणमा थप दुई जना प्रहरी निलम्बित भएका छन् । घटना अनुसन्धानमा लापरबाही गर्ने प्रहरी नायव निरीक्षक हर सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बित भएका हुन् । एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसमा उनीहरु निलम्बनमा परेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले बताए […]