आईएनएफद्वारा राप्तीसोनारीमा ‘परियोजनाको वार्षिक समिक्षा’ सम्पन्न

२१ आश्विन २०७५, आईतवार १८:१३
 

सदरलाइनडटकम  
नेपालगन्ज  : आईएनएफ बाँके शाखाले राप्तीसोनारी गाउँपालिकामा सञ्चालित आफ्ना परियोजना बारे आईतवार बार्षिक प्रगति समिक्षा तथा समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।
सरकारको लक्ष्य सम्बृद्धि र विकासलाई टेवा पुर्याउने गरी सञ्चालित आर्थिक वर्ष २०७४/७५ का कार्यक्रमको समिक्षा गरिएको हो ।
परियोजना अन्तर्गत् गाउँपालिकाका वडा नम्वर ४, ५, ६, ७ र ८ नम्वर वडामा समुदायमा आधारित पुनःस्थापना कार्यक्रम, मानव बेचविखन विरुद्धको कार्यक्रम र मातृ तथा नवजात शिशु कार्यक्रम सन्चालनमा रहेको परियोजना संयोजक अभिषेक विकले जानकारी दिए ।
समन्वयात्मक बैठकमा बोल्दै गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आईएनएफले अपाङ्गता भएकोहरुको दीगो जिविकोपार्जनमा ठूलो सहयोग पुर्याएको बताए ।
मानव वेचविखनविरुद्धका विभिन्न चेतनामुलक कार्यक्रम सन्चालन गर्दै बढ्दो मातृ तथा शिशु मृत्युदर रोक्न प्राविधिक सहयोग समेत गरेकोमा प्रंशसा व्यक्त गरे ।
आइएनएफका कलष्टर प्रवन्धक श्याम विकले विपन्न तथा कमजोर आयस्तर भएका समुदायको उत्थान गर्नुका साथै समुदाय केन्द्रित कार्यक्रम गाउँस्तरमा सन्चालन गरेको जानकारी दिए ।
कार्यक्रममा समुदायमा आधारित पुनःस्थापना कार्यक्रमका कार्यक्रम अधिकृत कान्ति शर्मा, मानव बेचविखन विरुद्धका कार्यक्रम अधिकृत राधिका गिरी र मातृ तथा नवजात शिशु कार्यक्रमका कार्यक्रम अधिकृत रेखा रावलले परियोजनाको उपलब्धी, चुनौति र सम्भावना बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

Next Post

घोरहीमा सडक दुर्घटना हुँदा महिलाको शरीरमा तीन वटा सरिया पस्यो

२१ आश्विन २०७५, आईतवार १८:१३
सदरलाइनडटकम, घोराही (दाङ) : दाङको घोराहीमा आईतवार मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको शरीरमा तीन वटा फलामे सरिया पसेको छ । घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा मोटरसाईकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ झिङनी की ३८ बर्षीया तिला परियार उछिट्टिएर सरिया बोकेको ट्रयाक्टरमा ठोक्किदाँ छातीमा तीन वटा सरिया पसेर ढाडमा निस्कीएको […]