घोरहीमा सडक दुर्घटना हुँदा महिलाको शरीरमा तीन वटा सरिया पस्यो

२१ आश्विन २०७५, आईतवार १८:२०
 


सदरलाइनडटकम,
घोराही (दाङ) : दाङको घोराहीमा आईतवार मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको शरीरमा तीन वटा फलामे सरिया पसेको छ ।
घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा मोटरसाईकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ झिङनी की ३८ बर्षीया तिला परियार उछिट्टिएर सरिया बोकेको ट्रयाक्टरमा ठोक्किदाँ छातीमा तीन वटा सरिया पसेर ढाडमा निस्कीएको छ ।
दुर्घटनालगत्तै सरिया काटेर घाईते परियारलाई उपक्षेत्रिय अस्पतालमा पुर्याईए पनि उपचार हुन नसक्दा भैरहवा रिफर गरिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सहायक निर्देशक बसन्त लामिछानेले बताए ।
रा ३ प ५२५८ नम्बरको मोटरसाईकल र लु ४३ प २४२९ नम्बरको मोटरसाईकल ठोक्किएपछि अनियन्त्रित भएको लु ४३ प २४२९ नम्बरको मोटरसाईकलले पैदल यात्रु परियालाई ठक्कर दिएपछि महिला रा १ त २३२० नम्बरको ट्रयाक्टरमा ठोकिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ ।
अनलोड गर्नका लागि तयार भएको ट्रयाक्टरमा ठोक्किएर भएको घटनामा चालक सहित ट्रयाक्टर र दुबै मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । २४२९ नम्बरको मोटरसाईकल चालक घोराही उपमहानगरपालिका १४ बालमन्दिर चोकमा मोबाईल पसल गर्दै आएका २३ बर्षीय हेमराज वली समेत घाईते भएका छन् ।

Next Post

चौविस गते बस्ने गरी नेकपा सचिवालय बैठक सकियो

२१ आश्विन २०७५, आईतवार १८:२०
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक असोज २४ गते बस्ने गरी सकिएको छ । पार्टी विवादबारे छलफल गर्ने अनुमान गरिएको बैठकमा नेताहरुले विदेश भ्रमणको रिपोर्टिङ मात्रै गरेका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका विषयमा जानकारी गराएको प्रवक्ता नारायणकाजी […]