स्थायी गर्न माग गर्दै राहत शिक्षकद्वारा काठमाण्डौमा प्रदर्शन

२१ आश्विन २०७५, आईतवार १५:२४
 

सदरलाइनडटकम,
काठमाण्डौ : राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाण्डौमा सरकारविरुद्ध प्रर्दशन गरेका छन् । देशभरका राहत शिक्षकहरुले आईतवार काठमाण्डौमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।
माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म यार्लीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आव्हानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

Next Post

भण्डारी गोरखापत्र संस्थानको नयाँ अध्यक्ष, पत्रकारको तलब २५ प्रतिशत वृद्धि

२१ आश्विन २०७५, आईतवार १५:२४
सदरलाइनडटकम, काठमाण्डौ : सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको हो । यससँगै महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय पनि मन्त्रिपरिषद्ले […]

सम्बन्धित