वडाप्रहरीले गर्यो अबैध घरेलु मदिरा नष्ट

२० आश्विन २०७५, शनिबार १९:०२
 

सदरलाइनडटकम 
नेपालगञ्ज  : वडा प्रहरी कार्यालय नेपालगञ्जले नजिकिदो पर्वलाई लक्षित गरी नगरको शान्ति सुरक्षालाई सुदृढ बनाउनको लागि विभिन्न खालका गतिविधि सञ्चालनमा ल्याएको जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले शनिबार नेपालगञ्ज–२ का विभिन्न स्थानबाट ठूलो मात्रामा घरेलु मदिरा, बनाउन प्रयोग हुने भाँडा र त्यसको लागि आवश्यक पर्ने सरदाम नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिए ।
उनीहरुको टोलीले अवैध घरेलु मदिरा १ हजार ६ सय ६० लिटर, मदिरा वनाउन प्रयोग गरीने सामान ३ थान र जाँड वनाउन प्रयोग गरीने औषधि ७ किलो साथै केही मदिरा बनाउन तयारी अवस्थामा रहेको मोलासिस नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
‘घरेलु हिंशाको मुख्य कारक घरेलु मदिरा समेत भएको कारणले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि हामीहरुले घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका हौ’– प्रहरी निरिक्षक डाँगीले भने ।

Next Post

‘केमपोल लुब्रिकेन्ट’ को नेपालगञ्जमा बिक्रि सुरु

२० आश्विन २०७५, शनिबार १९:०२
सदरलाइनडटकम नेपालगञ्ज : विभिन्न खालका ईञ्जिनको लागि अत्यन्तै उपयोगी मनिएको भारतीय कम्पनीको उत्पादन केमपोल लुब्रिकेन्टको नेपालगन्जमा बिक्रि बितरण सुुरु गरिएको छ । भारतको ग्यालेक्सटर इण्डिया भेन्चर प्रालिले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी नेपालमा आधिकारिक रुपमा बिक्री वितरण सुरु गरेको कम्पनीका सिएमडी आइ.अहमदले जानकारी दिए । उनले दुई पांग्रे सवारी, चार […]