सदरलाइनडटकम,
धनुषा : अनैतिक सम्बन्ध राख्न नमान्दा फेसबुकमा महिलाको अश्लील फोटो पोष्ट गरेको आरोपमा प्रहरीले धनुषामा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने २० वर्षीय दिवश कामतलाई पक्राउ गरेको हो ।
कामतले फेक आईडी बनाएर महिला साथी बनाएको र त्यसमध्येकी एक महिलालाई अनैतिक सम्बन्ध बनाउन दबाब दिँदै आएको आरोपमा उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले बताए ।
अनैतिक सम्बन्ध बनाउन नमाने फेसबुकमा सबैले देख्ने गरी अश्लील फोटो हालेको जाहेरीको आधारमा कामतलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । कामतमाथि साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Next Post

तेश्रो तल्लाबाट हामफाल्दा दुई जुवाडेको मृत्यु
२० आश्विन २०७५, शनिबार १०:१३
सदरलाइनडटकम, काठमाण्डौ : जुवाखालमा प्रहरीले छापा मारेपछि जुवाडेहरु तीन तल्लाबाट हामफाल्दा दुईजनाको मृत्यु भएको छ । काठमाण्डौको कागेश्वरी मनहरा–६ स्थित एक भवनको तेश्रो तल्लाबाट हामफाल्दा शुक्रवार राति दुई जनाको मृत्यु भएको हो । काठमाण्डौ महानगरीय प्रहरी परिसरले राति जुवाखालमा छापा मार्नलागेपछि हाम फाल्दा स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौरका […]
सम्बन्धित
-
२९ मंसिर २०७७, सोमबार १५:३०
बाँकेमा सोमवार २० जना डिस्चार्ज
-
२८ फाल्गुन २०७५, मंगलवार १५:४५
माफी माग्दै अल्काले हटाइन् नेपालबारे विवादित ट्वीट
-
१३ चैत्र २०७६, बिहीबार १७:४७
स्त्रीरोग विशेषज्ञ डा. शाहद्वारा रिलिफ फण्डलाई सहयोगको घोषणा
-
७ फाल्गुन २०७५, मंगलवार २२:१७
सुत्केरी हुँदा जटील भएपछि डोल्पाबाट हेलिकप्टरले गर्यो उद्दार
-
२० आश्विन २०७३, बिहीबार १२:२९
च्याउ खेतीबाट आत्मनिर्भर बन्दै सुकुम्बासी महिला
-
२९ माघ २०७६, बुधबार १४:५६
धनगढीबाट तीन जना नक्कली प्रहरी पक्राउ