दैलेख केन्द्रविन्दु बनाएर तीनपटक भूकम्पको धक्का

१९ आश्विन २०७५, शुक्रबार १४:२८
 

सदरलाइनडटकम,
दैलेख : दैलेखमा शुक्रवार दिउँसो लगातार तीन पटक भूकम्प गएको छ । नारायण नगरपालिका वडा नम्बर १० भवानीलाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्प गएको हो ।
दिउँसो ११ बजेर ५५ मिनेट जाँदा पहिलो, १२ बजेर ५३ मिनेटमा दोस्रो र १ बजे तेस्रोपटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दैलेखको भवानी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार पछि ३.५ रेक्टर स्केलको पराकम्पको पनि रेकर्ड भएको छ । दैलेखबाट सुर्खेत नजिकै भएकाले भूकम्पको धक्का अनुभव बढी भएको बस्नेतले जानकारी दिए । भूकम्पको धक्का दैलेखका साथै सुर्खेतलगायत आसपासका जिल्लामा पनि महशुस गरिएको छ ।
लगातार भूकम्प गइरहेको र दैलेख केन्द्र भएकोले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ ।

Next Post

ट्रयाक्टरबाट खसेर रुकुममा महिलाको मृत्यु

१९ आश्विन २०७५, शुक्रबार १४:२८
सदरलाइनडटकम, रुकुम : ट्रयाक्टरबाट खसेर रुकुम पूर्वमा एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट पूर्वको भुमे गाउँपालिका २ काँक्रितर्फ जाँदै गरेको म १ त ७९७ नम्बरको ट्रयाक्टरबाट खस्दा भुमे २ सीमचौरकी २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो । ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएकी घर्तीको उपचारका क्रममा रुकुमकोटमा मृत्यु भएको […]