यू–१९ एशिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरियो

१५ आश्विन २०७५, सोमबार १७:४०
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह ए को आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै समूहको एक खेलअगावै नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो ।
बंगलादेशको साभरमा रहेको मैदानमा नेपालले दिएको १३२ रनको लक्ष्य अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको थियो ।
पहिलो खेलमा भारतसँग १७१ रनले पराजित भएको नेपालले लगातार दोस्रो हार ब्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए मा भारत र अफगानिस्तानको ४–४ अंक भएको छ भने युएई र नेपाल अंकविहीन छन् । समूहको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

Next Post

मातृ भाषामा शिक्षा लिनबाट बालबालिका बञ्चित्

१५ आश्विन २०७५, सोमबार १७:४०
सदरलाइनडटकम, खजुरा (बाँके) : संविधानमा निःशुल्क तथा गुणस्तरीय शिक्षा पाउने अधिकारको ब्यवस्था गरिएपनि शिक्षा पाउनबाट बालबालिका बञ्चित भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जनजागरण समाज खुजराको समन्वयमा राष्ट्रीय मानवअधिकार आयोग प्रदेश नं. ५ शाखा कार्यालय नेपालगन्जले सोमवार बाँकेको खजुरा गाउँपालिका ८ रनियापुरमा आयोजना गरेको ‘मानव अधिकार शिक्षा सचेतना’ कार्यक्रममा सहभागीहरुले […]