अपराध नियन्त्रण गर्न महिला नेतृको माग

१२ आश्विन २०७५, शुक्रबार १४:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतृहरूले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महिला नेतृहरूले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन् ।
पीडित पक्षलाई समेत लिएर शुक्रवार बिहान गृहमन्त्रालय पुगेका उनीहरूले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । त्यसक्रममा महिला नेत्रीहरूले पार्टी नेतासमेत रहेका गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफूहरू आफैं लज्जित हुने अवस्था आएको गुनासो पनि गरेका थिए ।
बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउनुपरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

Next Post

नेपालगञ्जस्थित सरकारी कार्यालय अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयद्वारा बिरोध

१२ आश्विन २०७५, शुक्रबार १४:५३
सदरलाइनडटकम, नेपालगञ्ज : सरकारी कार्यालयहरु नेपालगञ्जबाट अन्यत्र सार्न लागिएको प्रति यहाँको अगुवा, बुद्धिजीवीहरुले विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा पुगेर नेपालगञ्जका अगुवाहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटी यहाँका कार्यालयहरु अन्यत्र सार्ने कार्यको विरोध जनाएका हुन् । यातायात व्यवस्था कार्यालय, सूचना तथा सञ्चार केन्द्र लगायतका कार्यालय अन्यत्र सार्ने कार्यको विरोध गरिएको हो […]