महिला हिँसाप्रति बाँकेका पत्रकार चिन्तित्

११ आश्विन २०७५, बिहीबार १८:२२
 


सदरलाइनडटकम,

नेपालगञ्ज : पछिल्लो समय बढ्दै गएको बलात्कार र महिला हिंसाका घटनाप्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् । सिविन नेपालले बिहीवार नेपालगञ्जमा पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यौन दुर्व्यवहार र बालबालिकामाथि बढ्दै गएको विभिन्न खाले हिँसाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
घटनालाई बाहिर ल्याएर मात्र नभई घटनाको पृष्ठभूमि र कारणबारे गहिरिएर खोजी गर्ने बेला आएको भन्दै पत्रकारहरुले आपराधिक मानसिकता भएका व्यक्तिलाई निरुत्साहित गर्नुका साथै पीडितको मनोबल बढाउने खालको समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बाँकेमा बालविवाह र बालश्रम नियन्त्रण हुुन नसकेकोप्रति सबैले दुःख व्यक्त गरेका थिए । सिविन नेपाल नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले बाल हेल्पलाइन नं. १०९८ मा दर्ता भएका घटनाको विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेत, बाँके शाखाका पूर्व अध्यक्षद्वय निरज गौतम र रुद्र सुवेदी, शंकर खनाल, कमल खत्रीलगायतले मन्तब्य राखेका थिए ।

Next Post

राममनोहरको हत्या गरिएको परिवारजनको आरोप

११ आश्विन २०७५, बिहीबार १८:२२
सदरलाइनडटकम, नेपालगञ्ज : कालो झण्डा देखाएको निहुँमा राममनोहर यादवलाई नियन्त्रणमा लिएर हत्या गरिएको परिवारले आरोप लगाएको छ । जानकी गाउँपालिका निवासी यादवका परिवारले बिहीवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरि यस्तो आरोप लगाएका हुन् । बर्दियाको गुलरियामा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले यादवलाई नियन्त्रणमा लिई हिरासतमानै हत्या गरेको […]