धनगढीमा आमहडतालका कारण जनजीवन प्रभावित

११ आश्विन २०७५, बिहीबार ०९:३९
 

सदरलाइनडटकम,
धनगढी : प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासीले बिहीवार आमहडताल गरेका छन् । एक दिने गरिएको आमहडतालका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । चाडपर्वका बेला गरिएको आमहडतालले सर्वसाधारण मर्कामा परेका छन् भने बजार, यातायात, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प छन् ।
कैलालीको सदरमुकाम धनगढीलाई अस्थायी राजधानी तोकिएको छ । प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन गठन गरेको समितिले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिका वडा नम्बर ४ मा राख्न सुझाव दिएको छ । सुझावबारे प्रदेशसभामा भने छलफल जारी छ ।
प्रदेशसभाले निर्णय लिनुभन्दा अघि धनगढीबासी आन्दोलित भएका हुन् । उनीहरुले बुधवार प्रदेशसभा अगाडी टायर बालेर प्रदर्शनसमेत गरेका थिए । धनगढी नगरबासीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ‘वन माफिया र भूमाफियाको प्रभावमा परी दुई तिहाइको दम्भबाट ग्रसित’ सुझाव संकलन समितिको प्रस्ताव तत्काल फिर्ता लिन प्रदेशसभालाई आग्रह गरिएको छ ।

Next Post

एक सय अन्ठाउन्न वर्ष पुरानो भारतीय कानुन परिवर्तन

११ आश्विन २०७५, बिहीबार ०९:३९
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय सर्वोच्च अदालतले ‘अडल्ट्री’ अर्थात व्यभिचारलाई अपराध मान्ने कानुनी प्रावधानलाई असंवैधानिक ठहर गरेको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश दीपक मिश्रा र न्यायाधीशहरु एएम खनविलकर, आरएफ नरीमन, इन्दु मल्होत्रा चन्द्रचुडको संयुक्त इजलाशले व्यभिचार (परपुरुषसँग वा परस्त्रीसँग शारीरिक सम्बन्ध राख्नु) सँग सम्बन्धित भारतीय दण्ड संहिता अर्थात् आईपीसीको धारा […]