दश बर्षीया किशोरीका हत्याभियुक्त सार्वजनिक

१० आश्विन २०७५, बुधबार १७:०९
 

सदरलाइनडटकम,
पोखरा : पोखराकी १० वर्षीया किशोरी श्रेया सुनारको बलात्कारको प्रयासमा हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधवार पत्रकार सम्मेलन गरी बालिका हत्या गर्ने २७ वर्षीय कुसुम पौडललाई सार्वजनिक गर्दै पौडेलले बलात्कारको प्रयास गर्दा बालिकाको मृत्यु भएको बताएको छ ।
अघिल्लो दिनदेखि नै साथीहरुसँग मिलेर जाँडरक्सी खाएर बसेका कुसुमले मंगलवार बेलुकी बिस्कुट किन्न पसल गएकी श्रेयालाई चकलेट खाउ भनी ५ रुपैयाँ दिएको र फेरि अलि तल पुगेपछि १० रुपैयाँ दिन्छु भनि बोलाएर करणको प्रयास गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
जबजस्ती गर्न खोज्दा किशोरीले प्रतिकार गर्दै चिच्याउन थालेपछि झाडीमा धकेलेर दुवै हातले घाँटी थिचेको पौडेलले बयान दिएको प्रहरीको भनाई ।
बालिका बेहोस भएपछि ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको पौडेलले स्वीकारेका छन् । कास्की प्रहरीले घटनाको २४ घण्टाभित्रै सोमवार राति साढे ८ बजे पौडेललाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि कानुन अनुसार कारबाही हुने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले बताए ।
(तस्बिर : उज्यालो अनलाइन)

Next Post

श्रीमानको कुटपिटका कारण घाइते श्रीमतीको उपचारको क्रममा मृत्यु

१० आश्विन २०७५, बुधबार १७:०९
सदरलाइनडटकम नेपालगञ्ज  :   बाँककोे जानकी गाउँपालिका–६ गनापुर फारमटोलकी २४ वर्षिया जानकी गिरीको उनकै श्रीमानको कुटपिटबाट घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत सोमबार राती ११ बजे मृतक जानकीका श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बुधबार बिहान साढे ४ […]