सडक दुर्घटना हुँदा तनहुँमा दुईजनाको मृत्यु, आठ घाइते

९ आश्विन २०७५, मंगलवार १०:१०
 

सदरलाइनडटकम,
तनहुँ : तनहुँमा मंगलवार बिहान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दमौलीतर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा एकआपसमा ठक्कर खाँदा व्यास नगरपालिका वडा न ४ की सरस्वती कुँवर र पहिचान नखुलेकी २८ वर्षीया एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । माइक्रो चालक म्याग्दे १ का तुलबहादुर विक र व्यास २ निवासी विष्णुमाया बस्नेतको गम्भीर रहेको प्रहरीले बताएको छ ।
गम्भीर घाईते दुबै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ भने अन्य सामान्य घाइते ६ जनाको दमौली अस्पतालमा उपचार भईरहेको छ ।


तस्बिर : उज्यालो अनलाइन

Next Post

कञ्चनपुरमा पन्ध्र जुवाडे पक्राउ

९ आश्विन २०७५, मंगलवार १०:१०
सदरलाइनडटकम, कञ्चनपुर : जुवा खेलीरहेका १५ जना जुवाडेलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । भीमदत्तनगरपालिका ५ वनखेत र वडा नं. २ शान्तिटोलस्थित दुईवटा होटेलबाट नगद १ लाख ५२ हजार ९ सय ८० रुपैयाँसहित उनीहरुलाई प्रहरीले सोमवार राती पक्राउ गरेको हो । वनखेतस्थित शिवराज भट्टको हाई वे फास्ट फुड होटलमा जुवा खेलिरहेका […]

सम्बन्धित