प्रधानमन्त्री ओली र क्यानेडियन समकक्षीबीच भेटवार्ता

९ आश्विन २०७५, मंगलवार ०९:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडिउबीच मंगलवार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रडिउले दुबै देशबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रडिउबीच विभिन्न विषयमा छलफल भएको थियो । दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरीय भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई क्यानडा सरकार तथा क्यानडाका जनताका तर्फबाट दिईएको सहयोगका लागि धन्यवाद दिए ।
क्यानडाका प्रधानमन्त्री ट्रडिउले प्रधानमन्त्रीस्तरीय भेटवार्ताका साथै द्विपक्षीय सम्बन्ध स्थापना गर्न पाउँदा खुशी लागेको बताए । संयुक्त राष्ट्रसंघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुबै देशका प्रधानमन्त्री अमेरिका पुगेका हुन् ।
(एजेन्सी)

Next Post

सडक दुर्घटना हुँदा तनहुँमा दुईजनाको मृत्यु, आठ घाइते

९ आश्विन २०७५, मंगलवार ०९:४८
सदरलाइनडटकम, तनहुँ : तनहुँमा मंगलवार बिहान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दमौलीतर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा एकआपसमा ठक्कर खाँदा व्यास नगरपालिका वडा न […]