नेपाली क्रिकेटर क्षेत्रीको आत्मकथा आउदै

८ आश्विन २०७५, सोमबार १८:३६
 

सदरलाइनडटकम
नेपालगञ्ज : नेपाली क्रिकेटका राष्ट्रिय पूर्व कप्तान लेखबहादुर (एलबी) क्षेत्रीको आत्मसंस्मरण छिट्टै बजारमा आउने भएको छ । नेपाली खेलाडीको पहिलो आत्मकथा ओलम्पियन सुरेन्द्र हमालबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले पाँचौं पुस्तक पनि खेलसम्बन्धी आत्मकथा हो ।
पुर्व कप्तान क्षेत्रीले आफु क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र ५ को अध्यक्ष हुँदा नेपालमा महिला क्रिकेटको सुरुवात गराएका थिए । पुख्र्यौली थलो पर्वतबाट भारतको पश्चिम बंगालमा सपरिवार २४ वर्ष बस्दा क्षेत्रीले क्रिकेट यात्रालाई टेनिस बलदेखि ए डिभिजन लिगसम्म पु¥याएका थिए ।
भारतको चर्चित जाइन्ट क्लव मोहम्मडनदेखि बेलगाछिया, बाटा हुँदै मेट्रो रेलको टीमबाट खेलेका क्षेत्री नेपाल फर्केर स्थानीय क्लबहुँदै नेपाली क्रिकेटको पहिलो राष्ट्रिय टिममा परेका उनी सन् १९९८ मा काठमाण्डौमा भएको दोस्रो एसीसी प्रतियोगितामा नेपाली टिमको कप्तानी सम्हालेका थिए ।
२०५० सालदेखि कोहलपुर बस्दैआएका क्षेत्रीले २०५२ सालमा बाँके टीमबाट स्वदेशी मैदानमा कलैयाबाट ‘डेब्यु’ गरे लगत्तैको १२ औं जय ट्रफी खेलेपछि उनी राष्ट्रिय टीममा परे । सन् १९९६ मा नेपाली टोलीले पहिलो मलेसियामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा क्षेत्री टीमका उपकप्तान थिए । दुई वर्षपछि १९९८ मा कप्तान भए । बाँके टिमको समेत कप्तान रहेका क्षेत्रीले ०५६ सालमा राजबिराजमा भएको १६ औं जय ट्रफीसम्म खेलेका थिए ।
क्षेत्री सन २००० सम्म नेपालको राष्ट्रिय क्रिकेटका कप्तान थिए । पुर्व कप्तान क्षेत्री सन २००७ मा मलेसियामा भएको प्रथम एसिसी महिला क्रिकेट टोलीको व्यवस्थापक हुन् । जहाँ नेपाल दोश्रो स्थानमा आउन सफल भएको थियो ।
भारतमा पाँच वर्ष ए डिभिजन खेल्नु, नेपालको पहिलो टोलीको उपकप्तान हुँदै कप्तान, महिला क्रिकेटको शुरुवातकर्ता, क्यानमा कप्तानको तर्फबाट प्रतिनिधित्व गर्ने पहिलो व्यक्तिका साथै अहिले उनी आइसीसीले क्यानलाई चलायमान गराउन बनाएको स्वतन्त्र समूहको सदस्य छन् ।
यी सबै भोगाई र अनुभवलाई क्षेत्रीले आफ्नो आत्मकथामा समेटेका छन् । उनको पुस्तकले नेपाली क्रिकेटमा व्यवसायिक सपना बोकेर आएका खेलाडी र राजनीतिक हस्तक्षेपबिरुद्ध जुटेका क्रिकेटप्रेमीलाई प्रेरणा दिने छ । साथै, नेपाली क्रिकेटका संभावना, चुनौति र समस्या पहिचान गर्न समेत मद्दत गर्ने हाम्रो अपेक्षा छ ।

Next Post

पितृको सम्झनामा सोह्रश्राद्ध मनाईंदै

८ आश्विन २०७५, सोमबार १८:३६
सदरलाइनडटकम, काठमाण्डौ : पितृपक्ष अर्थात् सोह्रश्राद्ध मंगलवारबाट शुरु भएको छ । हिन्दु धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृहरूको सम्झना गरेर मनाउँछन् । श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । भाद्रशुक्ल पूर्णिमादेखि […]